दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औँ सहकारी दिवसको अवसरमा आइतबार एक कार्यक्रम गरी राप्ती गाउँपालिकाको मौरीघाटमा उक्त कार्यालय स्थापना गरिएको हो ।
प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशस्तरीय सहकारी दर्ता, अनुगमन, नियमन लगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको बताए । यसअघि मन्त्रालयलेनै गर्दै आएको उक्त कार्य अब सोही कार्यालयबाट हुने बताइएको छ ।
केन्द्र सरकारले केन्द्रीय स्तर, प्रदेशले प्रदेश स्तरका र स्थानीय तहले स्थानीय स्तरका सहकारी संस्थाहरूलाई हेरिरहेको मन्त्री खड्काले बताए । अझै पनि सहकारी व्यवस्थित हुन नसकेको भन्दै त्यसलाई व्यवस्थित गर्न उक्त कार्यालयको भूमिका महत्वपूर्ण हुने र सहकारी लाई पूर्ण रूपमा प्रविधि मैत्री बनाउनुपर्ने बताए ।
साेहि कार्यक्रममा बाेल्दै प्रदेशको बर्खे अधिवेशन दाङबाटै सञ्चालन गर्ने तयारी भइरहेको र छिट्टै प्रदेशस्तरीय कार्यालय देउखुरी सार्ने तयरी भइरहेको बताउदै सहकारी अनुगमनको पाटोलाई व्यवस्थित बनाउन कार्यालयका कर्मचारीहरूलाई मन्त्री खड्काले निर्देशन समेत दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology