Logo

२०८३, कार्तिक २९गते


images
images

जेनजी आन्दोलनको नेतृत्व अघोषित रुपमा रास्वपाले गरेको थियो : रामबहादुर थापा

जेनजी आन्दोलनको नेतृत्व अघोषित रुपमा रास्वपाले गरेको थियो : रामबहादुर थापा

images
  • जेनजी आन्दोलनको नेतृत्व अघोषित रुपमा रास्वपाले गरेको थियो : रामबहादुर थापा
    images

    काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापाले रास्वपाको अघोषित नेतृत्वमा भदौ २३ र २४ को जेनजी आन्दोलन भएको आरोप लगाएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा रास्वपाले अघोषित नेतृत्व गरेको र फागुन २१ गते देशमा निलो क्रान्ति भएको बताएका छन् ।

    images
    images
    images

    उनले नेपालमा अहिलेसम्मका घटनामा नेपाली सेना, सुशिला कार्की नेतृत्वको सरकार, कार्की आयोग र कर्मचारी तन्त्रको सहयोग रहेको समेत आरोप लगाए । त्यस्तै थापाले टिओबी, मिडिया ट्रायल, अल्गोरेदिम, बारबरा फाउन्डेसनआदिको भूमिकामा अहिलेको अवस्था आएको बताउदै सबै शक्तिलाई व्यंग्यात्मकरुपमा बधाई दिएका थिए ।

    images
    images

    नेता थापाले जनताले आफुहरुलाई विपक्षमा रहने जनादेश दिएको बताउदै आफुहरुले विपक्षीको मोर्चाबाट सशक्त रुपमा सरकारले गरेका गलत कामको विषय उठाउने स्पष्ट गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामबहादुर थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।