एजेन्सी । प्रधानमन्त्री इमरान खानको संसद विघटनको प्रस्तावलाई पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले सदर गरेका छन् ।
अल्भीले प्रस्ताव सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ । संसद् विघटनसँगै उनले आगामी ९० दिनभित्र निर्वाचन गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री खानले संसद्मा आफू विरुद्धको अविश्वास प्रस्ताव खारेज गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेका थिए । विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले बताएका छन् । पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनी नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन् ।
प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology