Logo

२०८३, आश्विन १०गते


images
images

उद्योग बाणिज्य

उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा रुपन्देहीका अर्यालको उम्मेदवारी

उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा रुपन्देहीका अर्यालको उम्मेदवारी

images
  • उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा रुपन्देहीका अर्यालको उम्मेदवारी
    images
    images

    बुटवल । उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २८ र २९ मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा संघ बुटवलको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

    images
    images
    images

    अध्यक्ष अर्याललाई संघले महासंघको कार्यकारिणी सदस्य पदमा अगाडि सार्दै साधारण सभा तथा निर्वाचनका लागि संघको तर्फबाट मुख्य प्रतिनीधि समेत चयन गरिसकेको छ ।

    images
    images
    images

    सोही अनुसार अर्यालले उम्मेद्वारी दिएका हुन् । केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका अर्यालले जिल्ला नगर उद्योग वाणिज्य संघको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरुको हकहित, साना तथा मझौला उद्योगीलाई सम्वद्र्धन तथा प्रोत्साहन र उद्यमशिलता विकासका कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images

    त्यसका लागि जिल्ला, नगर उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ र तीनै तहका सरकारसंग समन्वयकारी भूमिका निर्वाहन गर्ने पनि उनले बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्योग बाणिज्य महासंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।