Logo

२०८३, कार्तिक २९गते


images
images

फेवाताल किनारका मापदण्ड विपरितका संरचना भत्काउन शुरु

फेवाताल किनारका मापदण्ड विपरितका संरचना भत्काउन शुरु

images
  • फेवाताल किनारका मापदण्ड विपरितका संरचना भत्काउन शुरु
    images

    पोखरा । पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा भत्काउन शुरु गरिएको छ । शनिबार बिहानैदेखि फेवा तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचनामा डोजर लगाएर भत्काउन शुरु गरिएको हो । 

    images
    images
    images

    फेवा किनारमा रहेको पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काइएका छन् । संरचना भत्काउन नेपाल प्रहरी, नगर प्रहरी र सशस्त्र परिचालन गरिएको छ । 

    images
    images
    images

    पोखरा महानगरले पनि यसअघि अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाउने गरेको थियो । पछिल्लो समय सर्वोच्चको आदेशपछि प्रदेश सरकारसँगको समन्वयमा ताल किनारमा पोल गाड्ने काम सकिएको छ । अहिले ६५ मिटरको सीमाना छुट्याउने काम चलिरहेको छ ।

    images
    images

    बालेन शाह प्रधानमन्त्री बनेपछि पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग टेलिफोन कुराकानी गर्दै फेवा तालको अतिक्रमित संरचना बारे चासो लिएका थिए । बालेन सरकारले सार्बजनिक गरेको १०० बुँदे कार्यक्रमको बुँदा नम्बर ७६ मा फेवा किनारको अतिक्रमित संरचना हटाएर जलाधार क्षेत्रलाई व्यवस्थापन गर्ने उल्लेख रहेको छ । यसैबीच पोखरा महानगरले फेवा ताल संरक्षणको विषयमा हालसम्म भएको प्रगति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।