देवदह । सिद्धार्थ बैंक लि. लुम्बिनी प्रदेशले विश्व पानी दिवसको अवसरमा देवदहस्थित मंगलपुष्करिणी (देव दह) दह सरसफाई गरेको छ । शनिवार बैंकका प्रदेश प्रमुख जीत बहादुर अधिकारीसहितको टिमले ऐतिहासिक मंगलपुष्करिणी दह सरसफाई गरेको हो ।
दह सरसफाईमार्फत जल स्रोत संरक्षण र वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बुटवल शाखा प्रबन्धक चन्द्रदेव पौड्याल लगायत लुम्बिनी प्रदेशका विभिन्न शाखाका प्रबन्धक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology