रुपन्देही । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीले प्रथम शहीदकाे विषयमा दिएको अभिव्यक्तिलाई लिएर अहिले देशैभर चर्को विरोध सुरु भएको छ । ओलीले चैत्र १८ गते काठमाडौं स्थित एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापामगर नभई अछामका बलदेव शाही उर्फ बाँकावीर हुन् भन्ने अभिव्यक्ति दिएपछि अहिले उनी विवादमा तानिएका छन् ।
उनको अभिव्यक्तिप्रति देशैभर विरोध भइरहँदा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले पनि विरोध सहित ओलीको अभिव्यक्तिले शहीद लखन थापा मगर लगायत आम मगर समुदायमाथि हस्तक्षेप गरि जतीय बिभेद र सहिदको अपमान भएको जनाएको छ। संघले मंगलबार रुपन्देहीमा पत्रकार सम्मेलन मार्फत विज्ञप्ति जारी गरि विरोध जनाउँदै देशव्यापि रुपमा ओलीले बाेलेका बोली फिर्ता लिन माग गरेको छ ।
कार्यक्रममा बाेल्दै संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले वि.स.१९५६ सालमा शहिद भएका लखन थापालाई नेपाल सरकारले २०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले घोषणा गरेको बताए । हुलाक टिकटसमेत निकालिसकेको अवस्थामा एमाले अध्यक्ष ओलीले कपोकल्पित र तथ्यहीन अभिव्यक्ति दिई सिङ्गो मगर समुदायको मात्र नभई आम नेपाली जनताको परिवर्तनको आन्दोलनलाई खिल्ली उडाउन खोजेको आरोप लगाउँदै घाेषणा गरेकाे बिषयलाई ओलिले प्रथम सहिद हैन भन्ननुकाे तात्तपर्य के हाे भन्ने बिषयले सम्पुर्ण मगर समुदायहरुकाे ध्यानाकर्षण भैरहेकाे बताएका छन् ।
ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट चरणबद्ध आन्दोलन घोषणा गर्ने संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले बताए । पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै मगरले बाकाबीरको बिषयमा तथ्य पेश गर्न समेत चुनौती दिए । ओलीको अभिव्यक्ति स्वंयम् आफ्नाे बुद्धि बिबेकले नभई सुनियोजित र षड्यन्त्रपूर्ण रहेको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष आनबहादुर सोती, उपाध्यक्ष राधिका श्रीस
सचिव थर्कबहादुर बाह्रघरे, लगायतका वक्ताहरुले बाेल्दै सहिद लखन थापाकाे ईतिहास लाई सम्झिदै पुर्वप्रधानमन्त्रीकाे अभिव्यक्तिले सिङ्गाे मगर समुदायलाइ चाेट परेकाे र सबै सहिदहरु प्रति अपान गरेकाे भन्दै ओलीको अभिव्यक्तिले संविधानप्रदत राज्यले गरेको निर्णय प्रतिको ठाडो चुनौती र बर्खिलाप भएको धारणा व्यक्त गर्दै ओलीको आफ्नो अभिव्यक्ति फिर्ता नलिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए ।
एकतन्त्रीय जहाँनीया राणा शासनका विरुद्ध आवाज उठाउँदै नागरिक स्वतन्त्रताका लागि जनविद्रोहको सुरुवात गरेको आरोपमा शहीद लखन थापामगरलाई तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर कुवँरद्वारा वि.सं. १९३३ साल फागुन २ गते गोरखा जिल्लाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology