Logo

२०८३, आश्विन १२गते


images
images

धर्म संस्कृति

गगनेश्वर मन्दिरको अधुरो काम महानगरले पूरा गर्ने : कोटेश्वर मन्दिर पुनः निर्माण गर्न अध्ययन हुने

गगनेश्वर मन्दिरको अधुरो काम महानगरले पूरा गर्ने : कोटेश्वर मन्दिर पुनः निर्माण गर्न अध्ययन हुने

images
  • गगनेश्वर मन्दिरको अधुरो काम महानगरले पूरा गर्ने : कोटेश्वर मन्दिर पुनः निर्माण गर्न अध्ययन हुने
    images
    images

    काठमाडौँ । प्रदेश सरकारबाट रकम प्राप्त गरेर निर्माण थालिएको तर, पैसा नपुगेपछि जगमै काम रोकिएको वडा नं. ३२ को गगनेश्वर महादेव मन्दिरलाई ३ तलाको बनाउने महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिले निर्णय गरेको छ ।

    images
    images
    images

    समितिका संयोजक आशामान संगतको अध्यक्षतामा वडाध्यक्ष तथा वडा नं. ३२ का अध्यक्ष नवराज पराजुली, वडा सदस्य हीरादेवी पोखरेल, सम्पदा तथा पर्यटन समितिका सदस्यहरु, विभागका प्रमुख तथा इञ्जिनियरहरु, पुरातत्व विभागका प्रतिनिधि, गुठियार, स्थानीय तथा अभियन्ता सहितको वैठकले यस्तो निर्णय गरेको हो । 

    images
    images
    images

    करिब २ सय वर्ष पुरानो यो मन्दिर १९९० सालको भूकम्पले पाताल भएको गुठियारहरुको भनाइ छ । यसको पुनःनिर्माणका सन्दर्भमा पुरातत्व विभागबाट समयमा निर्णय हुन नसकेको विषय उठान भएपछि सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, लिखित दस्तावेज नपाइए गुठियार, जनश्रुति, कथन, सामाजिक विश्वाश तथा मान्यतालाई आधार बनाएर पुरातत्व विभागले निकास दिनु पर्ने बताए । 

    images
    images
    images

    सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार समितिले गगनेश्वरको मन्दिरलाई ३ छाने बनाउने निर्णय गरेको छ । यो विषय पुरातत्व विभागलाई जानकारी गराउने र साझेदार तथा सरोकारवालाबिच विभागमा थप छलफल गर्ने समितिले गरेको निर्णय हो । यो मन्दिर अहिले लकासी लेभलसम्म निर्माण भएको छ । यही संरचनामा निर्माण अगाडि बढाउन सकिने नसकिने विषयमा छलफल गर्दै बैठकले, जमिनमाथि देखिने भागको प्राविधिकहरुले अध्ययन गरेर प्रतिवेदन दिने, जमिनमुनि नदेखिने भागका सन्दर्भमा यो काम गराउने कार्यालय र काम गर्ने उपभोक्ता समितिबाट लिखित प्रतिवेदन लिएर अगाडि बढ्ने निर्णय भएको छ ।

    यस्तै कोटेश्वर महादेव मन्दिर पुनःनिर्माणको मागका सम्बन्धमा छलफल गर्दै सामान्य मर्मत सम्भारको काम निरन्तर गर्ने पुनःनिर्माणको आवश्यकता अध्ययन गर्ने निर्णय भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।