Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह नगरपालिका वडा नं. १० को कार्यालय भवन उद्घाटन

देवदह नगरपालिका वडा नं. १० को कार्यालय भवन उद्घाटन

images
  • देवदह नगरपालिका वडा नं. १० को कार्यालय भवन उद्घाटन
    images

    देवदह । देवदह नगरपालिका वडा नं. १० को कार्यालय भवन उद्गाटन भएको छ । बुधबार एक कार्यक्रम विच देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङले नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गरेका हुन् ।

    images
    images
    images

    उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले नागरिकले तिरेको करबाट निर्मित कार्यालयबाट  जनतालाई हिजोभन्दा सहज सेवा दिन आग्रह गर्दै आफ्नो कार्यकालमा गरेका कामको चर्चा गरे ।

    images
    images
    images

    त्यसैगरी, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले जननिर्वाचित भएपछि नगरपालिकाका कार्यालयहरू विभिन्न सामाजिक भवनहरूमा रहेको स्मरण गर्दै अहिले सबै वडाहरू आफ्नै सुविधा सम्पन्न भवनमा सरेको उल्लेख गरिन् ।

    images
    images

    वडाध्यक्ष यक बहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय टोलविकास समिति, स्वास्थ्य स्वयंसेवीका तथा सामाजिक संघसंस्थालाई सम्मान गरिएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।