Logo

२०८३, कार्तिक २९गते


images
images

सार्बजनिक यातायात

बढ्यो सार्बजनिक यातायातको भाडादर : कहाँको कति ?

बढ्यो सार्बजनिक यातायातको भाडादर : कहाँको कति ?

images
  • बढ्यो सार्बजनिक यातायातको भाडादर : कहाँको कति ?
    images

    काठमाडौँ । सरकारले सार्बजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको छ । 

    images
    images
    images

    बुधबारदेखि लागु हुने गरि यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको हो ।

    images
    images
    images

    सुचकका रुपमा रहेका इन्धनका बजार मूल्य ५ प्रतिशत वा सा भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा बढाइएको जनाएको छ ।

    images
    images

    पछिल्लो पटक डिजेलको औसत बजार मूल्य प्रतिलिटर १५०.८३ हुँदा २०८१ पुस २२ मा भाडा समायोजन गरिएको थियो । त्यसयता विभिन्न सुचकहरुको वजारमुल्यमा आएको परिवर्तन र ईन्धनको मुल्यमा भएको वृधि समेतलाई विचार गरि आजदेखि लागु हुनेगरि दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा ) सञ्चालन हुने सार्वजनिक यातायात (विद्युतीय सवारी बाहेक) को भाडादर स्वचालित प्रणाली बमोजिम भाडादर बढाइएको विभागले उल्लेख गरेको छ ।

    विभागले सार्वजनिक सवारीको प्रकार यात्रुवाहक सवारी भाडामा भएको स्वचालित समायोजन १६.७१ प्रतिशत बढाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक यातायातमा २१.६८ प्रतिशत भाडा दर बढाएको  छ ।

    त्यसैगरी तराईको बाटोमा सञ्चालन हुने यातायातका साधनमा १५.७५ प्रतिशत मुल्य वृद्धि गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्बजनिक यातायात
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।