देवदह । देवदह १० चरङ्गेस्थित लडियाबासमा निर्मित खहरे खोला पुलको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमबिच लुम्बिनी प्रदेशसभा सदस्य दिपा विकले खहरे खोला पुलको उद्धाटन गरेकी हुन् ।
देवदह नगरपालिकाको चरङ्गे लडियाबास र बुटवल उपमहानगरपालिकाको शिवनगर जोड्ने २५ मिटर लामो उक्त पुलको उद्धाटन गर्दै प्रदेशसभा सदस्य दिपा बिकले लडियाबास पुल निर्माणका लागि बजेट बिनियोजन गर्ने क्रममा आफू तत्कालीन भौतिक पुर्वाधार मन्त्री बैजनाथ यादबलाई आफुले धेरैपटक अनुरोध गर्नुपरेको बताईन् ।
यस क्षेत्रमा आफुले दर्जनौं योजनामा बजेट बिनियोजन गर्न पहल गरेको र सफल पनि भएको उल्लेख गर्दै सांसद विश्वकर्माले आफुले बजेट विनियोजन गरेका कार्यक्रममा अन्य सांसदहरूले आफुले बजेट पारेको भनेर भ्रम छरेकोमा दु:ख व्यक्त गरिन् ।
देवदह १० का अध्यक्ष एकबहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यपालिका सदस्य, वडासदस्य, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, आमा समुह लगायतको उपस्थिति रहेको थियो ।
२ करोड ४५ लाखमा निर्माण सम्पन्न उक्त पुलको २०७६ फाल्गुनमा सुरू भइ २०७८ साल भदौमा निर्माणकार्य सकिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology