Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ताअघि पाकिस्तानमा दुई दिन सार्वजनिक बिदा

अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ताअघि पाकिस्तानमा दुई दिन सार्वजनिक बिदा

images
  • अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ताअघि पाकिस्तानमा दुई दिन सार्वजनिक बिदा
    images
    images

    काठमाडौँ । अमेरिका र इरानबीच हुने उच्चस्तरीय वार्ताअघि पाकिस्तानले इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ । जिल्ला प्रशासनले राति ढिलो सूचना जारी गर्दै आज र भोलिका लागि बिदा लागू गरिएको जनाएको हो ।

    images
    images
    images

    बिदाको कारण स्पष्ट नखुलाइए पनि यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ । प्रशासनका अनुसार उक्त निर्णय केवल इस्लामाबाद राजधानी क्षेत्रमा मात्र लागू हुनेछ ।

    images
    images
    images

    आगामी शुक्रबार इस्लामाबादमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता हुँदैछ । ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले अमेरिकी टोलीको नेतृत्व गर्नेछन् ।

    images
    images
    images

    यसअघि पनि ठूला कूटनीतिक कार्यक्रमअघि इस्लामाबादमा सुरक्षा कारण देखाउँदै यस्ता कदम चालिँदै आएका छन् । यद्यपि, प्रहरी, अस्पताल, विद्युत् र ग्यासजस्ता अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।