Logo

२०८३, आश्विन ९गते


images
images

फिल्म ‘परालको आगो’ को ‘निम्तो सुपारी’ गीत सार्बजनिक

फिल्म ‘परालको आगो’ को ‘निम्तो सुपारी’ गीत सार्बजनिक

images
  • फिल्म ‘परालको आगो’ को ‘निम्तो सुपारी’ गीत सार्बजनिक
    images
    images

    काठमाडौँ । बैशाख ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परालको आगो’को तेस्रो गीत ‘निम्तो सुपारी’ सार्वजनिक गरिएको छ ।  गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको छ भने संगीत सत्यराज र स्वरुपराज आचार्यले दिएका छन् । त्यस्तै शब्द सुरेन्द्र रानाको रहेको छ । 

    images
    images
    images

    गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा र सिर्जना अधिकारी देखिएका छन् । उनीहरूले भिडियोमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । भिडियोमा कोरियोग्राफी र छायांकन पक्ष उत्कृष्ट देखिएको छ । 

    images
    images
    images

    लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा किशोर भण्डारी (डिट्ठासाब), शंकर आचार्य, सरिता भण्डारी, मन्जिला बाँनिया, कुल बहादुर अधिकारी, रेनु न्यौपाने, ज्याक श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्व

    images
    images
    images

    रुप र प्रकाश सपूतको संगीत रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।