Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

कति छ प्रधानमन्त्री बालेन शाहको सम्पत्ति ?

कति छ प्रधानमन्त्री बालेन शाहको सम्पत्ति ?

images
  • कति छ प्रधानमन्त्री बालेन शाहको सम्पत्ति ?
    images
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

    images
    images
    images

    सार्वजनिक भएको विवरण अनुसार, प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

    images
    images
    images

    त्यस्तै बालेनको नाममा काठमाडौँमा ५ आना जग्गा र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख छ । त्यस्तै महोत्तरीमा ९ बिघा जग्गा आफ्ना पिता राम नारायण शाहको नाममा रहेको उल्लेख  छ । त्यस्तै बालेनसँग विभिन्न बैंकमा नगद एक करोड ४६ लाख रहेको र सो रकम सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटकलगायतबाट भएको आम्दानी रहेको विवरणमा उल्लेख छ ।

    images
    images
    images

    त्यस्तै उनले आफ्नो सम्पतिमा फेसबुक, युट्युबका फलोअरको संख्यासमेत उल्लेख गरेका छन् ।

    भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।