देवदह । नयाँ वर्ष २०८३ को अवसरमा देवदहमा सांस्कृतिक कार्यक्रम तथा लाइभ कन्सर्ट हुने भएको छ । देवदह कला प्रतिष्ठानको आयोजनामा बैशाख १ गते देवदह नगरपालिका–५ खैरेनी चोकमा ‘देवदह न्यू इयर इभेन्ट २०८३’ हुने भएको हो ।
कार्यक्रममा देवदह क्षेत्रका उत्कृष्ट कलाकारहरूको सांगीतिक प्रस्तुति रहने प्रतिष्ठानका अध्यक्ष तेजु आर्यालले सेतोमसीलाई बताए ।
कन्सर्टमा विभिन्न मेला-महोत्सवमा गायन र नृत्यतर्फ उत्कृष्ट घोषित आइडलहरूसंगै थारु, मगर, गुरुङ र नेवारी समुदायका सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिनेछ ।
स्थानीय कला, संस्कृति तथा प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । नयाँ वर्षलाई सांस्कृतिक उत्सवका रूपमा मनाउन कार्यक्रम गर्न लागिएको अध्यक्ष अर्यालको भनाइ छ ।
देवदह कला प्रतिष्ठानको व्यानर सार्वजनिक हुने
देवदह क्षेत्रका स्थापित सांस्कृतिककर्मीको संस्था देवदह कला प्रतिष्ठानले सोहि दिन संस्थाको व्यानर सार्वजनिक गर्नेसमेत जनाएको छ । देवदह नगरपालिकामा दर्ता गरिएको प्रतिष्ठानले गर्न लागेको यो पहिलो कार्यक्रम हो ।
राष्ट्रिय कलाकार तेजु अर्याल अध्यक्ष रहेको प्रतिष्ठानमा विश्व गुरुङ उपाध्यक्ष, एनवि नेपाली सचिव, कृष्णा घले कोषाध्यक्ष र दिनेश चौधरी
सहसचिव छन् । प्रतिष्ठानको कार्य समितिमा कलाकार भगेन्द्र विश्वकर्मा लगायत रहेका छन् ।
५१ जना संस्थापक सदस्य रहेको प्रतिष्ठानले व्यानर सार्वजनिक गरे लगत्तै सदस्यता खुल्ला गर्ने र नियमित कार्यक्रम गर्ने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology