Logo

२०८३, आश्विन ९गते


images
images

कलिवुड

केकी अधिकारीको नयाँ चलचित्र ‘स्टेशन' को घोषणा

केकी अधिकारीको नयाँ चलचित्र ‘स्टेशन' को घोषणा

images
  • केकी अधिकारीको नयाँ चलचित्र ‘स्टेशन' को घोषणा
    images
    images

    काठमाडौं । नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । उनले चलचित्र ‘स्टेशन’ निर्माणको घोषणा गरेकी हुन् ।

    images
    images
    images

    “वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रंग उस्तै रहन्छ । त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– स्टेशन,” केकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । “हामी नयाँ सोच र कथासहित आउने नयाँ वर्षको यो अवसरमा प्रण गर्छौं,” केकी भन्ख्छिन्, “बदलिएको समयमा बदलिएको अथवा फरक कथा लिएर आउने छौँ ।”

    images
    images
    images

    उनले चलचित्र भदौ १९ गते रिलिज हुने जानकारी दिएकी छन् । गत वर्ष सफल चलचित्र ‘बोक्सीको घर’ दिएकी उनले सोही टिमसँग मिलेर नयाँ चलचित्र निर्माण गर्न लागेकी हुन् । ‘स्टेशन’लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । कथा पनि निर्देशक स्वयंको रहनेछ । चलचित्रको निर्मातामा बद्री अधिकारी छन् ।

    images
    images
    images

    केकी अधिकारी फिल्मसको ब्यानरमा बन्ने चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पुरानो दराजजस्तो देखिने काठभित्र केही सामग्री देखिन्छ । तर, के सामग्री हो त्यो प्रस्ट देखिएको छैन । थिम पोस्टरले सिनेमा सोसल ड्रामा रहेको संकेत गरेको छ ।

    चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही खुलाइएको छैन । कलाकार र प्राविधिक टिमबारे केही समयपछि जानकारी दिने उनले बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्टेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।