Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

लुम्बिनी चिनी उद्योगलाई पुनः सरकारीकरण गर्न सरोकारवालाहरुको माग

लुम्बिनी चिनी उद्योगलाई पुनः सरकारीकरण गर्न सरोकारवालाहरुको माग

images
  • लुम्बिनी चिनी उद्योगलाई पुनः सरकारीकरण गर्न सरोकारवालाहरुको माग
    images

    पश्चिम नवलपरासी । नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनी उद्योगलाई पुनः सरकारीकरण गरी सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाहरूले माग गरेका छन् ।  मुलुकका रुग्ण उद्योगहरू ब्युँताउने बहस चलिरहेका बेला, कौडीको भाउमा निजीकरण गरिएको यो उद्योगलाई सरकारले फिर्ता लिनुपर्ने आवाज उठेको हो ।

    images
    images
    images

    चीन सरकारको सहयोगमा स्थापना भएको यो उद्योग पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा २०६२ सालमा करिब ७ करोड रुपैयाँमा निजी क्षेत्रलाई बिक्री गरिएको थियो ।  नवलपरासीको औद्योगिक इतिहासमा लुम्बिनी चिनी उद्योगको ठूलो महत्व राख्ने गर्छ ।

    images
    images
    images

    विगतमा गरिएको निजीकरणले न किसानलाई न्याय गर्यो, न औद्योगिक उत्पादनलाई नै सघाउ पु‍र्यायो ।  अहिले देशमा रुग्ण उद्योगहरूलाई पुनर्जीवित गर्ने बहस चलिरहँदा यो उद्योगलाई पनि सरकारको मातहतमा ल्याएर नयाँ ढंगले चलाउनुपर्ने स्थानीयको माग छ । 
    संघीय सांसद, नरेन्द्र कुमार गुप्ताले अहिले देशमा रुग्ण उद्योग पुनर्जीवित गर्ने बहस चल्दा यो उद्योगलाई पनि सरकारको मातहतमा ल्याउनुपर्ने स्थानीयको माग जायज भएको बताउँछन् । उनले भने, ‘उखु किसानको हित र चिनीमा आत्मनिर्भर बन्नका लागि यो विषयलाई मैले संघीय संसद र मन्त्रालयमा जोडदार रूपमा उठाउनेछु ।’

    images
    images

    स्थानीयका अनुसार, उद्योगपतिले बैंकबाट लिएको करोडौँको ऋण नवीकरण गर्नका लागि मात्र वर्षमा एक, दुई महिना उद्योग चलाउने र बाँकी समय बन्द गर्ने गरेका छन् । स्थानीय रवीन भट्टराईले भने, ‘हामीले सानैदेखि देखेको यो विशाल उद्योग अहिले उद्योगपतिको बैंकबाट ऋण निकाल्ने माध्यम मात्र बनेको देख्दा मन खिन्न हुन्छ । निजीकरणपछि न यहाँका स्थानीयले काम पाए, न त किसानले उखुको उचित मूल्य नै ।’

    सरकारले ठूला सपना देखाउनुभन्दा पहिले भएका यस्ता उद्योगहरूलाई सरकारीकरण गरेर सञ्चालन गर्नुपर्ने भट्टराईको तर्क छ  । 

    विगतमा सरकारी स्वामित्वमा रहँदा ८०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको यस उद्योगमा अहिले कर्मचारीको संख्या घटेर २०० मा सीमित भएको छ । ‘सुनवलको पहिचानसँग जोडिएको यो उद्योग निजीकरण भएपछि न यसले पूर्ण क्षमतामा काम गर्न सक्यो, न किसानले समयमा भुक्तानी नै पाए ।’ सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले भनिन््, ‘नगरपालिकाले उद्योगका जग्गा र सम्पत्तिको संरक्षणमा सधैँ चासो राख्दै आएको छ । संघीय सरकारले यसलाई पुनः सरकारीकरण गरी आधुनिक व्यवस्थापनका साथ सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएमा स्थानीय सरकारले पूर्ण सहयोग गर्नेछ ।’

    लुम्बिनी चिनी उद्योगको वर्तमान अवस्थाले नेपालको निजीकरण प्रक्रियामा रहेका  त्रुटिहरूलाई उजागर गरेको छ । एकातिर अर्बौंको सरकारी सम्पत्ति कौडीको भाउमा निजी क्षेत्रलाई सुम्पिनु र अर्कोतिर उद्योगले पूर्ण क्षमतामा काम नगर्दा हजारौँ किसान र मजदुरको भविष्य अन्योलमा पर्नुले सरकारीकरणको मागलाई थप बलियो बनाएको छ ।

    सुशासन र उत्पादनलाई प्राथमिकता दिने दाबी गरेको वर्तमान सरकारका लागि यो उद्योगलाई पुनः सरकारी स्वामित्वमा ल्याएर मोडेल उद्योगका रूपमा सञ्चालन गर्नु चुनौती र अवसर दुवै हो । यदि राजनीतिक हस्तक्षेपमुक्त व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोगसहित उद्योग सञ्चालन गर्ने हो भने, यसले पश्चिम नवलपरासीको मात्र नभई मुलुककै आर्थिक समृद्धिका लागि कोशेढुङ्गा सावित हुने देखिन्छ ।
    बालेन सरकार वा नयाँ आएका शक्तिहरूले यदि साँच्चै सुशासन र रोजगारीको कुरा गर्ने हो भने सुनवलको यो उद्योगलाई राज्यको स्वामित्वमा ल्याएर सञ्चालन गर्नुपर्छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी चिनी उद्योग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।