Logo

२०८३, कार्तिक २७गते


images
images

बदलियो समय : न बज्छन् सारंगी, न सुनिन्छ सारंगीका धुन

बदलियो समय : न बज्छन् सारंगी, न सुनिन्छ सारंगीका धुन

images
  • सेतोमसी सहकर्मी
  • बदलियो समय : न बज्छन् सारंगी, न सुनिन्छ सारंगीका धुन
    images

    कृष्ण अन्जान, गुल्मी । चौहत्तर वर्ष पूरा गरेका बल बहादुर गन्दर्भ आफ्नो विगत सम्झेर एक पटक टाेलाए । "बरै दिन कहाँबाट कहाँ पुग्याे, पुराना कुरा सम्झेर मन पाेल्छ बलबहादुरले मनको कुरो फुत्काएरर भने ।

    सानैदेखि सारँगि रेट्न थालेका बल बहादुरकाे पुर्ख्यौलि पेशा सारँगी बजाउँदै गाउँगाउँमा गीत सुनाउनु हाे। तर, रुरुक्षेत्र गाउँपालिका वडा न ५ बम्घामा आफ्नो पुर्ख्यौली पेशा धानेर सारँगीकाे धुन सुनाउँदै हिँडने उनी मात्रै एकजना पुराना पुस्ताका 'गाईने दाइ' बाँकी छन । "छाडेबरै छाेरा नातिले सारँगी बजाउन र गाँउन, सबै जागिरे भए बिदेश गए गन्दर्भ पेशा सँकटमा पर्याे" उनले भने ।

    रुरुक्षेत्र गाउँपालिका वडा न ५ बम्घा काउलेकाे सिरान तिर मुस्किले दस, एघार घर गन्दर्भ बस्ती छ र यहि बस्तीका प्रतिनिधि पात्र हुन वल बहादुर जस्ले अहिलेसम्म सारँगि बिसाएका छैनन् ।

    समय फरियाे, परिवेश फेरियाे सँगै गन्दर्भहरुकाे पेशा पनि फेरियाे तर वल बहादुरले परम्परागत पेशा फेर्न सकेनन् ।सायद बम्घा गाउँका वल बहादुर मात्र अन्तिम व्यक्ति हुन् जस्ले अन्तिम सम्म सारँगि रेट्लान । उनीपछि सारँगीका धुन बज्ने छैनन् - बम्घा तिर ।

    पहिला पहिलाकाे कुरा सम्झेर टोलाउँदै वल बहादुर भन्छन्, "बरै गाउँगाउँ डुलिन्थ्याे, सारँगी बजाउने ठाउँठाउँका घटना सुनाउने, बाेलाईबाेलाई गाउँमा सारँगीका धुन सुन्थे, जहाँ पुगेपनि मकै-काेदाे-गहुँ पाईन्थ्याे । गाउँ पसेपछि त साँझ घर फर्कँदा अन्नकाे भारि हुन्थ्यो ।" यहि सारँगि बजाउँदै गित गाएर उठ्ने अन्नले परिवार पालेकाे उनले सुनाए ।

    उनी अगाडि भन्छन्, "जमाना फेरियाे आफ्नै जातीले पेशा छाडे । आजभाेली गाउँमा कसैले सारँगीका धुन र गाईनेदाईका गीत सुन्दैन । सुनी हालेपनि अन्न त पाईने कुरै भएन, दुई चार रुप्पे दिन्छन् । तै पनि बाबुबाजेकाे पेशा सक्दासम्म गाउँ डुल्ने गरेकाे छु ।"

    सँगसँगै गाउने हिँड्ने बम्घाका शिवलाल, डाँस बहादुर र धन बहादुरहरुपनि सँसार छाडेर गए । मिल्ने साथीहरुकाे बिछाेडले विछिप्त छन्  वल बहादुर ।

    सारँगी बजाएरै उनी नेपालका धेरै जसाे शहर-गाउँ डुलेका छन । बिक्रम सम्वत २०२२ सालमा देशै भरिका गाईने दाईहरुलाई जनकवि केशरी धर्मराज थापाले काठमाडौं लगेकाे उनलाई झल्झल्ती सम्झना आउँछ । राजा महेन्द्रका अगाडि सारँगी रेटेर गित गाउँदा आफ्नो पेशा प्रति राजाले गरेकाे सम्मानले अझै पनि उनलाई ती दिन सुखद लाग्छ ।

    " राजा महेन्द्रका पालामा गन्दर्भका सारँगी र उनीहरुले गाउने गीतहरुकाे सम्मान थियाे ।" त्यस्ता मान्छे कहाँ पाई उनले भने ।

    जतिबेला संचारका साधन थिएनन् । तिनै गाईने दाईका सारँगी सँगै उनीहरुले सुनाउने गीतमा देशै भरिका घटनाहरु सु्न्न पाईन्थ्याे । तर अव सबै सम्झना मात्र हाेईन । न बज्छन् सारँगी, न सुनिन्छ सारँगीका मनै छुने धुन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।