Logo

२०८३, आश्विन १२गते


images
images

लुम्बिनीमा मनाइयो थाई सोङक्रान पर्व

लुम्बिनीमा मनाइयो थाई सोङक्रान पर्व

images
  • लुम्बिनीमा मनाइयो थाई सोङक्रान पर्व
    images
    images

    लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई नयाँ वर्षको पर्व सोङक्रानको अवसरमा बुद्ध पुजा गरी मनाइएको छ । बिहिवार लुम्बिनीको शान्तिदीप नजिकै रहेको बेबी बुद्धमा पूजाआजा गरियो । उक्त अवसरमा बेबी बुद्धलाई धार्मिक विधिपूर्वक पूजाआजा गरी स्नान गराइएको थियो । डेढ मिटर लामो पित्तलको पाइपबाट पानी झारेर बेबी बुद्धको पाउलाई भिक्षु, भिक्षुणी र उपासक र उपासिकाले पवित्र बनाएका थिए । उक्त अवसरमा भिक्षु/भिक्षुणीले पुष्पवर्षा गरेका थिए ।

    images
    images
    images

    थाइल्यान्डमा राष्ट्रिय रूपमा विभिन्न कार्यक्रम गरेर मुलुकभर ५ दिनसम्म नयाँ वर्ष मनाइन्छ । त्यसैअन्तर्गत यहाँ कार्यक्रम गरिएको हो । हरेक वर्ष अप्रिल १३ तारिकमा थाई नयाँ वर्ष मनाइन्छ । सोङक्रङ उत्सवको सबैभन्दा प्रसिद्ध पक्ष भनेको पानी फाल्ने हो । रंग नराखेको पानीमा सुगन्ध र फूल राखेर छ्यापाछ्याप गरेर उत्सव मनाइन्छ । 

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # थाई सोङक्रान पर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।