Logo

२०८३, आश्विन ९गते


images
images

कलिवुड

चलचित्र 'पाँच पाण्डव' तिहारमा रिलिज हुने

चलचित्र 'पाँच पाण्डव' तिहारमा रिलिज हुने

images
  • चलचित्र 'पाँच पाण्डव' तिहारमा रिलिज हुने
    images
    images

    काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ले रिलिज मिति घोषणा गरेको छ । ‘पाँच पाण्डव’ आगामी तिहारमा रिलिज हुने भएको छ ।

    images
    images
    images

    तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।

    images
    images
    images

    प्रस्तुतकर्ता नवीन श्रेष्ठले राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको बताए । श्रेष्ठ भन्छन्, ‘वितरक टिमसँगको सहल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका हौं । राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वात छौं ।’

    images
    images
    images

    चलचित्र वितरणको जिम्मा लिएका आरआर फिल्मस्का रोहित कट्टेलले ‘पाँच पाण्डव’लाई लिएर आफूहरू निकै उत्साहित रहेको बताएका छन् । विषय, कलाकार, निर्माण टिक र प्राविधिक पक्ष बलियो बनाउने तयारीका कारण यो सिनेमा प्रतिक्षित पनि बनेको छ ।

    चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरीलगायत मुख्य भूमिका रहने छन् ।

    काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् । चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूले एकसाथ काम गरिरहेका छन् ।

    चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

    नवीन श्रेष्ठले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ भने बाँकी छायाकंन काठमाडौं उपत्यकाका स्थानमा खिचिने निर्माण टिमको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाँच पाण्डव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।