Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

७ करोड बक्यौता नदिएको भन्दै इन्दिरा सुगर मिलका सञ्चालक विरुद्ध गृह मन्त्रालयमा उजुरी

७ करोड बक्यौता नदिएको भन्दै इन्दिरा सुगर मिलका सञ्चालक विरुद्ध गृह मन्त्रालयमा उजुरी

images
  • ७ करोड बक्यौता नदिएको भन्दै इन्दिरा सुगर मिलका सञ्चालक विरुद्ध गृह मन्त्रालयमा उजुरी
    images

    पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित इन्दिरा सुगर मिल्स एण्ड इन्डष्ट्रिजले किसानहरूको करोडौँ रुपैयाँ बक्यौता भुक्तानी नगरेको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा उजुरी परेको छ ।

    images
    images
    images

    स्थानीय युवा समाजसेवी एवम् अभियन्ता विजय कँडेलले गृह मन्त्रीलाई पत्र लेख्दै उद्योगका सञ्चालक राकेश कुमार अग्रवालले किसानको पसिनाको मूल्य नतिरी सम्पर्कविहीन भएको भन्दै तत्काल कारबाहीको माग गरेका हुन् ।

    images
    images
    images

    निवेदनमा इन्दिरा सुगर मिलले उखु किसानहरूलाई झण्डै ७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । पटक(पटक ताकेता गर्दा पनि उद्योगले रकम नतिरेको र हाल सञ्चालक अग्रवाल सम्पर्कमा नरहेकाले किसानहरू निकै मर्कामा परेका छन् ।

    images
    images

    निवेदक कँडेलले गृह मन्त्रालयमा दर्ता गराएको पत्रमा मुख्य रूपमा दुई विषय उठान गराएका छन् । सम्पर्कविहीन रहेका उद्योग सञ्चालक अग्रवाललाई सरकारले तत्काल उपस्थित गराई किसानहरूको बक्यौता रकम भुक्तानी गराउनु पर्ने र निजी क्षेत्रबाट उद्योग चल्न नसकेको र किसानले सधैँ दुःख पाएको अवस्थामा उक्त मिललाई सरकारको मातहतमा ल्याई सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने माग छ ।

    लामो समयदेखि भुक्तानी नपाउँदा सुस्ता र प्रतापपुर क्षेत्रका सयौँ किसानहरूको घरखर्च र बैंकको ब्याज तिर्न समेत समस्या भएको छ । किसानको रकम नतिरी उद्योगी भाग्नु अपराध भएको उल्लेख गर्दै यसमा सरकारले कडा कदम चाल्नुपर्ने कँडेलले पत्रमा उल्लेख गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्दिरा सुगर मिल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।