Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

व्यवसायीमाथि हुने ज्यादती सहृय हुँदैन : अध्यक्ष अर्याल

व्यवसायीमाथि हुने ज्यादती सहृय हुँदैन : अध्यक्ष अर्याल

images
  • व्यवसायीमाथि हुने ज्यादती सहृय हुँदैन : अध्यक्ष अर्याल
    images

    बुटवल । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले व्यवसायीमाथि हुने ज्यादती सहन नसकिने बताएका छन् । बुटवल बजारको सौन्दर्य अभिबृद्धि गर्ने र आवागमन सहज बनाउने कुरामा प्रतिवद्धता व्यक्त गर्दै उनले त्यसका नाममा व्यवसायीमाथि हुने ज्यादती सहन नसकिने प्रष्ट पारेका हुन् ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रका मुख्य सडक तथा भित्री भागका फुटपाथ र सडक पेटी व्यवस्थापन तथा सरसफाइका लागि सञ्चालन गरेको अभियानमा नगरप्रहरीबाट व्यवसायीमाथि ज्यादती भएको बताउँदै उनले संघकै पहलमा भएको वार्ता र सम्वादले अभियानलाई सुधारको बाटोमा अगाडि बढाएको पनि दावी गरे ।

    images
    images
    images

    बुटवल उद्योग संघ रुपन्देही अन्तर्गत गठित हार्डवेयर बस्तुगत समितिले नयाँ वर्षको अवसरमा शनिबार संघमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले सार्वजनिक खपतका लागि भन्दा पनि संघले परिणाम दिनेगरी काम गरिरहेको जानकारी गराए ।

    images
    images

    अभियान सञ्चालनका क्रममा नगरप्रहरीबाट भएको ज्यादतीले व्यवसायीहरूमा त्रास सिर्जना गरेको बताउँदै उनले व्यवसायीहरूलाई सम्झाउने, बुझाउने र सहजीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले अभियानका क्रममा नगरप्रहरीले जफत गरेका मालसामान फिर्ता गर्नका लागि नगरपालिका तयार भएको बताउँदै आगामी दिनमा आवागमनमै प्रभाव पर्नेगरी विक्रिका मालबस्तु सडक पेटीमा नराख्न व्यवसायीहरुलाई आग्रह गरे ।

    कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष अर्जुनमान सैंजूले बुटवलको बजारलाई व्यवस्थित गराउने नाममा नगरपालिकाबाट व्यवसायीमाथि भईरहेको गतिबिधिले स्थानीय अर्थतन्त्रलाई नै खलबल गराउने काम गरेको भन्दै कडा शब्दमा विरोध गरे ।
    हार्डवेयर बस्तुगत समितिका सभापति राजन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य तथा उक्त बस्तुगत समितिका पूर्वसभापति दीपकप्रसाद चापागाई, उपसभापति धर्मेन्द्र कसौधन, सचिव रामजी नेपाल तथा व्यवसायी मिलन भारीले खस्किदै गएको बुटवलको व्यापार व्यवसाय उठाउने विषयमा र कार्यालयहरुमा छुट्टाछुट्टै हुने दर्ता तथा नविकरण प्रकृयालाई एकद्वार प्रणाली गराउन पहल गर्न आग्रह गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # व्यवसायी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।