रमेश बहादुर सिह, बझाङ । छविसपाथिभेरा गाउँपालिका-१ भाँडेबजारस्थित किन्द्राल भीरमा जिप दुर्घटना हुँदा चालक ५० वर्षीय जयबहादुर सार्कीको मृत्यु भएको छ।
बुधबार बिहान छविसपाथिभेराको बाहुन डाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिप ४०० मिटर तल सेतीनदीमा खसेको प्रहरीले जनाएको छ। जिपमा चालक मात्र रहेको बताइएको छ।
भीरबाट खसेको ढुंगाले जिपलाई लाग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए। जिप चालक सार्की छविसपाथिभेरा-३ बामनडाँडाका रहो विष्टले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भैरहेको डिएसपी विष्टले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology