Logo

२०८३, कार्तिक २८गते


images
images

युवा माहिला सांसदलाई 'राम्री हुनुहुन्छ, चिटिक्क भएर आउनु भएको छ' भनेर प्रश्न नगर्न आग्रह

युवा माहिला सांसदलाई 'राम्री हुनुहुन्छ, चिटिक्क भएर आउनु भएको छ' भनेर प्रश्न नगर्न आग्रह

images
  • युवा माहिला सांसदलाई 'राम्री हुनुहुन्छ, चिटिक्क भएर आउनु भएको छ' भनेर प्रश्न नगर्न आग्रह
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले पत्रकारितामा महिलामाथि गरिने टिप्पणीप्रति असन्तुष्टि जनाउँदै जिम्मेवार अभ्यासको आवश्यकता औंल्याएकी छन् ।

    images
    images
    images

    उनले आफू पत्रकारिता पृष्ठभूमिबाट आएकोले सञ्चार क्षेत्रप्रति सधैं सम्मान रहेको बताउँदै वर्तमान लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण चरणमा केही प्रवृत्तिबारे खुलेर बोल्नुपर्ने अवस्था आएको उल्लेख गरेकी छन् ।

    images
    images
    images

    धितालले विशेषगरी युवा महिलासँग प्रश्न गर्दा 'राम्री हुनुहुन्छ, चिटिक्क भएर आउनु भएको छ' जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास बढ्दो देखिएको बताइन् । उनले यस्तो शैलीले महिलालाई विषयवस्तुभन्दा बाह्य रूपमै सीमित गर्ने संरचनागत प्रवृत्ति बलियो बनाउने धारणा राखिन् ।

    images
    images

    उनका अनुसार समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि भइरहेको संघर्षका बीच बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले मुद्दालाई ओझेलमा पार्ने र सार्वजनिक बहसको स्तर घटाउने काम गर्छ ।

    उनले महिलाहरू आफैं पनि आफ्नो प्रस्तुति र व्यवहारप्रति सचेत हुनुपर्ने उल्लेख गर्दै अरूले बनाएको सौन्दर्य मापदण्डमै सीमित नहुन आग्रह गरिन् ।

    धितालले सञ्चारकर्मीलाई माइक विचार व्यक्त गर्ने माध्यम भएको स्मरण गराउँदै सौन्दर्यको मूल्यांकन गर्ने ठाउँ नभएको बताइन् । उनले कुन सन्दर्भमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार बन्न आग्रह गरिन् ।

    उनले पत्रकारितामा अझ गहिरो र बौद्धिक प्रश्न उठ्नुपर्ने आवश्यकता औंल्याउँदै मुख्यधार र वैकल्पिक माध्यमबीचको दूरी पनि प्रश्नको स्तरले निर्धारण हुने बताइन् । आवश्यक परे नयाँ माध्यमबाट सिकेर पनि प्रश्न गर्ने स्तर उकास्नुपर्ने उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता अभ्यासले गलत संस्कारलाई अझ बलियो बनाउने धारणा राखेकी छन् ।

    उनले सञ्चार माध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको चेतना निर्माण गर्ने शक्ति भएको उल्लेख गर्दै त्यसलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनुपर्नेमा जोड दिइन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।