Logo

२०८३, आश्विन ११गते


images
images

सबैलाई एकसाथ महाधिवेशनसम्म लैजान्छौं : महामन्त्री पौडेल

सबैलाई एकसाथ महाधिवेशनसम्म लैजान्छौं : महामन्त्री पौडेल

images
  • सबैलाई एकसाथ महाधिवेशनसम्म लैजान्छौं : महामन्त्री पौडेल
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हार जीत नभै बाटो तय गर्ने स्थिति बनाएको बताएका छन् ।

    images
    images
    images

    बाग्मती प्रदेशको निर्वाचन समीक्षाका क्रममा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै पक्षलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजाने बताए । ‘हारजित हैन बाटो तय गर्ने स्थिती अदालतले बनाइदिएको छ,’ उनले भने,‘सबैलाई सँग सँगै एउटै बाटो हिंडाएर अधिवेशनसम्म लैजान्छौं ।’

    images
    images
    images

    अहिले सदस्यता अद्यावधिक चलिरहेको भन्दै उनले यसमा छनोटको सुविधा नभएको बताए । यसका लागि इमान्दारितापूर्वक काम गर्न उनले वडा सभापतिहरुसँग आग्रह गरे । ‘कसैले सदस्यता माग्यो भने इफ वा बट नभी दिनुहोला,’ उनले भने,‘छुटेकालाई नवीकरण गर्न लगाऔं ।’

    images
    images
    images

    क्रियाशिल सदस्य धेरै भए पनि देशका १७ निर्वाचन क्षेत्रमा क्रियाशिल बराबर वा त्योभन्दा कम भोट आएको स्मरण गर्दै महामन्त्री पौडेलले पहिले अन्त भोट हालेको व्यक्ति पार्टीमा आउन चाहँदा वातावरण तयार पार्न आग्रह गरे । आगामी वर्ष स्थानीय तहको निर्वाचन हुने भन्दै उनले डिजिटल प्रविधिबाट सदस्यता नवीकरणले नै जित्ने आधार तयार पार्ने दावी गरे ।

    ‘विभिन्न जिम्मेवारीमा रहेका हामी सबैले मेरो जिम्मेवारी पूरा गर्नुपर्छ भनेर नलाग्ने हो भने हामीले स्थानीय चुनाव जित्न सक्दैनौं,’ उनले भने । नागरिकसँग कसरी जोडिने भनेर संगठनले योजना तय गरेको बताएका महामन्त्री पौडेलले आफू जोडिएको संगठन गतिशिल बनाएर अघि बढिदिन आग्रह गरे ।

    ‘संगठित संरचनाले अघि बढाउन सहयोग गरे छिटो र सजिलोसँग पार्टीलाई रुपान्तरण गर्न सकिनेछ,’ उनले भने,‘ तर यो जिम्मेवारी होइन भनेर हुँदैन ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।