बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गुल्मी रुपन्देही सम्पर्क समितिको आयोजनामा शनिवार बुटवलमा रक्तदान गरिएको छ । रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले आयोजित कार्यक्रममा ५३ जनाले रक्तदान गरेको समितिका अध्यक्ष माधव भण्डारीले जानकारी दिए ।
कार्यक्रममा प्रदेश शभा सदस्य तथा पुर्ब मन्त्री सुदर्शन बरालले समितिले सामाजिक कार्यमा अगाडी रहेको भन्दै यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए । उनले गुल्मी र रुपन्देहीको भावनात्मक सम्बन्ध बलियो बनाउदै राजनितीक स्तरमा पनि सबैलाई जोडदै जान आवश्यकता औंल्याए ।
समितिको अध्यक्ष भण्डारीले रक्तदानमा सहभागीलाई धन्यवाद दिदै रक्तदानको औचित्यमाथि चर्चा गरेका थिए । बुटवल रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ब्यापार ब्यावसाय, अध्ययन, रोजगारीको सिलसिलामा रुपन्देहीमा बसोबास गर्ने गुल्मेलिहरुको सहभागीता रहेको थियो ।
सम्पर्क समितिले शिक्षा, स्वास्थ्य, लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको छ भने बेरोजगार युवाहरुलाई रोजगारीमा जोड्न पहल समेत गर्दै आएको अध्यक्ष भण्डारीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology