काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ ।
प्रतिनिधिसभामा एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुनेगरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।
महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट प्रत्य्क्ष निर्वाचित भएका थिए ।
त्यस्तै सचेतकमा निता घतानीलाई मनोनयन गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology