Logo

२०८३, आश्विन ११गते


images
images

तिलोत्तमा नगरपालिकाद्धारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता

तिलोत्तमा नगरपालिकाद्धारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता

images
  • तिलोत्तमा नगरपालिकाद्धारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता
    images
    images

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दलित समुदायको सशक्तिकरणका लागि बजेट कार्यक्रम र नीतिगत रुपमा काम गरेको जनाएको छ । जागरण मिडिया सेन्टरले शुक्रबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग आयोजना गरेको छलफल कार्यक्रममा विभेदमुक्त नगर स् समानतायुक्त नगर भन्ने नारालाई सार्थक बनाउने उदेश्यले कार्यक्रम गरेको बताएका हुन् ।
     
    उक्त अवसरमा तिलोत्तमा नगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले आफूहरुले तिलोत्तमा नगरपालिकालाई मानव मर्यादाको नगरपालिकाका रुपमा स्थापित गर्ने गरी काम गरेको बताए । 

    images
    images
    images


    उनले दलितमैत्री नगरपालिका बनाउने उदेश्यले समुदायको उत्थान, सिप विकास तथा अधिकार समेत सशक्तिकरण गर्ने गरी कार्यक्रम गरेको बताए । नीति कार्यक्रममै दलित समुदायलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै दलित समुदायको रणनीतिक विकास योजना, दलित पाश्वचित्र तथा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कानुनहरु प्रकाशन गरेको उनले बताए ।
     
    यस्तै तिलोत्तमा नगरपालिका वडा न। ६ का वडाअध्यक्ष गणेश पाठकले दलित समुदायमाथि ठूलो विभेद र अन्याय भएको स्विकार गर्दै स्रोत साधनको अभावका कारण उल्लेख्य काम गर्न नसकेको बताए । आर्थिक विकास समिति संयोजक समेत रहेका पाठकले दलित समुदाय पछाडि शिक्षा र आर्थिक गरिबिका कारण परेको बताउँदै अब ठोस कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले आगामि आर्थिक बर्षको बजेटमा दलित समुदायलाई परिवर्तन गराउन सक्ने गरी बजेट बिनियोजन गर्ने बताए ।
     
    यस्तै उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले भौतिक विकास संगै मानविय विकासका कामलाई तिलोत्तमामा नीतिगत रुपमा अगाडि बढाएको बताए । उनले पेशागत सामाग्रीमा अनुदान, छुवाछुतविरुद्ध कानुनी सचेतनादेखि नेपालमै पहिलो पटक स्थानीय सरकारको अगुवाईमा दलित ज्ञान उत्सव गरेको बताए ।
    उनले दलित समुदाय, महिला र सिमान्तकृत समुदायको पक्षमा बजेट, नीति र कार्यक्रम मार्फत समेटेको बताए ।
    यस्तै जागरण मिडिया सेन्टरका महासचिव जगलाल नेपालीले तिलोत्तमालले दलित तथा सिमान्तकृत समुदायको पक्षमा बजेट कार्यक्रम र कानुनी रुपमा समेत सकरात्मक काम गरेको बताउँदै आगामि बजेटमा समुदायको आवश्यकता बुझेर काम गर्र्नुपर्नेमा जोड दिए ।
    जनप्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य सञ्जय विश्वकर्मा, जिल्ला अध्यक्ष टंक सुनार, फूलु सुनार लगायतले छुवाछुत अन्त्यका लागि प्रभावकारी र समुदायकेन्द्रीत कार्यक्रम गर्न सुझाव दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।