Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

राघव चड्ढासहित राज्यसभाका ७ सांसदले छोडे आम आदमी, बिजेपीमा प्रवेश

राघव चड्ढासहित राज्यसभाका ७ सांसदले छोडे आम आदमी, बिजेपीमा प्रवेश

images
  • राघव चड्ढासहित राज्यसभाका ७ सांसदले छोडे आम आदमी, बिजेपीमा प्रवेश
    images
    images

    काठमाडौँ । भारतको आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद राघव चड्ढासहित राज्य सभाका ७ सांसद भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    राघव चड्ढासँगै सन्दीप पाठक, अशोक मित्तल, हरभजन सिंह, विक्रमजीत सिंह साहनी, राजिन्दर गुप्ता तथा दिल्लीबाट राज्यसभा सांसद स्वाती मालीवाल पनि भारतीय जनता पार्टीमा सामेल भएका छन् ।

    images
    images
    images

    भाजपामा प्रवेशपछि राघव चड्ढा, सन्दीप पाठक र अशोक मित्तल पार्टी मुख्यालय पुगेका थिए । त्यहाँ उनीहरूले भाजपा अध्यक्ष नितिन नवीनसँग भेट गरेका थिए । 

    images
    images
    images

    राघव चड्ढाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै संविधानको प्रावधानअनुसार आम आदमी पार्टीका दुई तिहाइभन्दा बढी राज्यसभा सांसद भाजपा प्रवेश गरेको बताएका छन् । उनका अनुसार सात सांसदले विलयसम्बन्धी कागजातमा हस्ताक्षर गरेका छन् र ती दस्तावेज राज्यसभा सभापतिलाई बुझाइएको छ ।

    पत्रकार सम्मेलनमा उनले आम आदमी पार्टी आफ्नो मूल सिद्धान्त, मूल्य र नैतिकताबाट विचलित भएको आरोप लगाए । पार्टी अब राष्ट्रिय हितभन्दा व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको भन्दै आफू 'गलत पार्टीमा सही मान्छे' बनेको महसुस भएको उनको भनाइ थियो । सन्दीप पाठकले पनि देशको सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको र त्यही लक्ष्यका साथ अब नयाँ राजनीतिक यात्रा अघि बढाउने बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिजेपी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।