रिया बस्नेत क्षेत्री, रुपन्देही । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति तोकिसकेको छ। राष्ट्रिय राजनीतिमा चामत्कारिक परिवर्तन आएन भने निर्धारित मितिमा नै चुनाव हुने पक्कापक्की छ।
निर्वाचनको मिति घोषणा भएसँगै मुख्य पद मेयरका लागि उम्मेदवारका आकांक्षीहरुले आन्तरिक रूपमा आ-आफ्ना पार्टीसगँ लबिङ शुरु गरिरहेका छन्। गत निर्वाचनको आंकडा अनुसार नेपालकाे राजनिती परिवेशमा ठुलाे दल नेकपा एमाले हाे। तर अहिले संयुक्त पाचँदलिय गठबन्धनले फरक राैनक छाएकाे छ। जसले गर्दा एमालेलाइ दवाब सिर्जना गरिरखेकोछ । सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र , एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीचकाे गठबन्धन बनेपछि एमाले पनि गठबन्धनमा लागेको छ। राप्रपा नेपाल र नेपाल परिवार दलसंग एमालेले गठबन्धन गर्ने निर्णय गरिसकेको छ।
यतिबेला राजनीतिक दलहरू स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त छन्। सबैजसो दलका केन्द्रीय स्तरका नेतादेखि प्रदेश र जिल्ला तहका नेताहरू अहिले गाउँमा केन्द्रित भएका छन्। चुनाव जित्ने रणनीति अन्तर्गत आ–आफ्नो पार्टीले गरेका कामहरूको प्रचारप्रसार गरी मतदातालाई आकर्षित गर्ने काममा नेता र कार्यकर्ताहरुकाे दाैडधुप चलिरहेकाे छ। साथै, चुनाव नजिकिएसँगै स्थानीय तहमा आफ्ना उम्मेदवार छनोटको प्रक्रियालाई पनि महत्त्वका साथ अगाडि बढाएका छन्।
सोहि क्रममा लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामा आफ्नो बहुमत कसरी जमाउने भन्ने बिषयमा सबै दल लागिपरेका छन् । २०७४ सालको निर्वाचनमा एमालेले ३ उपमहानगरपालिकामा जितेकाे थियो भने राप्रपाले एउटा उपमहानगरपालिकामा जितेकाे थियो । ती दुई दललाई आफ्नो वर्चस्व कायम राख्न निकै चुनौती छ भने अन्य दललाई बिशेषत एमालेकाे आधार क्षेत्र भत्काएर आफ्नाे किल्ला जमाउने भन्ने चिन्ताले पिरोलेकोछ ।
लुम्बिनी प्रदेशमा कुल १०९ स्थानीय तह छन् । जसमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन् । जसमध्ये २०७४ सालको निर्वाचनमा नेकपा एमाले ३ उपमहानगरपालिका सहित ४३ स्थानीय तहमा एक्लै जित्न सफल हुँदै पहिलो पार्टी बनेको थियो । त्यसैगरी, नेपाली कांग्रेसले ३३ स्थानमा माओवादी केन्द्रले १९ स्थानमा संघीय समाजवादी फोरमले ६, राष्ट्रिय जनमोर्चा, मधेसी जनाअधिकार फोरम र स्वतन्त्र उम्मेदवारले २/२ र राप्रपाले १ स्थानीय तहको प्रमुख जित्न सफल भएका थिए । याे रेकर्ड हेर्दा नेकपा एमाले एक्लै पनि बलियाे र ठुलाे पाटि बनेकाे थियाे ।
२०७४ सालमा केही स्थानमा बाहेक सबै दल एकल एकल रूपमा चुनावी मैदानमा उत्रेका थिए । यस्तै, नेकपा माओवादी केन्द्रकाे आधार ईलाका रुकुम पूर्व र रोल्पामा भने बलियो देखिएको थियो । माओवादी केन्द्रले रुकुम पूर्वका ३ नै वटै तहमा जित्न सफल भएकाे थियो । संघीय समाजवादी फोरमले रुपन्देहीमा ३, कपिलवस्तुमा २ र बाँकेको १ स्थानीय तहमा जितेको थियो । राष्ट्रिय जनमोर्चाले प्युठानका २ तहमा जित्न सफल हुदै राप्रपाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जित्न सफल भएकाे थियाे । बिगतकाे निर्वाचनमा एमालेकाे आधार क्षेत्र हाे लुम्बिनी प्रदेश तर पछिल्लाे समय सरकार फेरवदल सगैँ राजनितिक परिबेश परिवर्तन हुदाँ आगामी निर्वाचनमा प्रतिपक्ष दल एमालेलाई निकै चुनाैति थपिएकाे छ ।
दाङकाे घाेराही उपमहानगरपालिका
दाङको घोराही उपमहानरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो । एमालेका उम्मेदवार नरुलाल चौधरीले २२ हजार ३० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।
दाङकाे तुल्सीपुर उपमहानगरपालिका
त्यस्तै दाङकै तुल्सीपुर उपमहानरपालिकामा पनि नेकपा एमालेले जितेको थियो । एमालेका उम्मेदवार घनश्याम पाण्डेले २२ हजार ८५७ मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत ल्याएका थिए भने माओवादी केन्द्रका उम्मेदवार शेषुराम भण्डारीले ८ हजार ६९५ मत ल्याएका थिए ।
बाँकेकाे नेपालगञ्ज उपमहानरपालिका
त्यस्तै बाँकेको नेपालगञ्ज उपमहानरपालिकामा पनि गत निर्वाचनमा राप्रपाका धवल शम्शेर राणाले १२ हजार ५१५ प्राप्त गरी विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेश कुमार कनौडियाले ८ हजार ७३० मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार दामोदर आचार्यले ७ हजार १९८ मत ल्याएका थिए । एमाले उम्मेदवार समसुद्दिन सिद्दीकीले ६ हजार ९५ मत ल्याएका थिए ।
बुटवल उपमहानगरपालिका
समग्र देशकै तुलनामा एमालेकाे आधार क्षेत्र रुपन्देहीकाे बुटवल उपमहानरपालिकामा पनि एमालेका शिवराज सुवेदी विजयी भएका थिए । सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए भने नेपाली कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार खेलराज पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए । त्यसैगरी जनमुक्ति पार्टीले पनि एक हजार १५१ मत ल्याएको थियो ।
२०७४ काे मत परिणाम हेर्ने हो भने, लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको मतले मात्रै पनि एमालेलाई ठुलाे धक्का लाग्ने आकलन गर्न सकिन्छ । तत्काल एमाले र राप्रपा नेपालबीच गठबन्धन भएको अबस्था भए पनि सत्तारुढ दल काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच गठबन्धनले र एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीले एमालेका धेरै भाेट कटाउने देखिन्छ। यद्यपि मतदाताहरुले पनि गठबन्धनमै मत हाल्छन् की हाल्दैनन् भन्ने बिषयमा भने मत परिणामकाे नतिजा कुर्नैपर्ला ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology