Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिका र इरानबीच दोस्रो चरणको वार्ताको सम्भावना, इस्लामावाद पुगे इरानी विदेशमन्त्री

अमेरिका र इरानबीच दोस्रो चरणको वार्ताको सम्भावना, इस्लामावाद पुगे इरानी विदेशमन्त्री

images
  • अमेरिका र इरानबीच दोस्रो चरणको वार्ताको सम्भावना, इस्लामावाद पुगे इरानी विदेशमन्त्री
    images
    images

    काठमाडौँ । अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता पाकिस्तानमा हुने सम्भावना बढेको छ । इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार राति इस्लामाबाद पुगेपछि वार्ताको सम्भावना बढेको हो ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकफ र ज्वाइँ जेरेड कुशनरलाई पनि पाकिस्तान पठाएका छन् । उनीहरू आज इस्लामाबाद पुग्ने बताइएको छ ।

    images
    images
    images

    यसपटक अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान गएका छैनन् । आवश्यक परे उनलाई इस्लामाबाद पठाउन तयारी अवस्थामा राखिएको छ ।

    images
    images
    images

    यता, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ भने यस वार्तामा सहभागी नहुने भएका छन् । उनी यसअघि अप्रिल ११ र १२ मा भएको पहिलो अमेरिका-इरान वार्तामा प्रतिनिधिमण्डलका प्रमुख थिए।

    ह्वाइट हाउसले अमेरिकी टोलीले पाकिस्तानमा इरानसँग प्रत्यक्ष शान्ति वार्ता गर्ने जनाएको छ। तर इरानले भने यस्तो कुनै बैठक तय नभएको स्पष्ट पारेको छ।

    इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो धारणा अमेरिका समक्ष प्रत्यक्ष नभई पाकिस्तानका अधिकारीमार्फत राख्ने बताएका छन्।

    यसले वार्ता भए पनि आमनेसामने नभई पाकिस्तानको मध्यस्थतामा हुने संकेत देखिएको छ। अमेरिका प्रत्यक्ष वार्ताको पक्षमा देखिए पनि इरानले त्यसलाई अस्वीकार गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।