Logo

२०८३, आश्विन ११गते


images
images

शंखरापुरबाट पेस्तोलसहित दुई जना पक्राउ

शंखरापुरबाट पेस्तोलसहित दुई जना पक्राउ

images
  • शंखरापुरबाट पेस्तोलसहित दुई जना पक्राउ
    images
    images

    काठमाडौं । शंखरापुर नगरपालिका-५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-३ घर भएका ३५ वर्षीय राम भन्ने जिवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।  उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जिवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जिवनको सुस्मा कोईराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ । 

    images
    images
    images

    प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।