Logo

२०८३, कार्तिक २८गते


images
images

नागरिक सेवा केन्द्रबारे छलफल

नागरिक सेवा केन्द्रबारे छलफल

images
  • नागरिक सेवा केन्द्रबारे छलफल
    images

    भैरहवा । नवलपरासीको प्रतापपुर गाउँपालिकामा निर्माणाधीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनबारे सामुदायिक छलफल भएको छ ।

    images
    images
    images

    शुक्रवार गाउँपालिकाका अध्यक्ष उमेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, समुदायका अगुवा तथा सरोकारवालाको सहभागिता रहेको थियो । छलफलमा निर्माणाधीन भवनलाई समुदायमैत्री, सुरक्षित र प्रभावकारी बनाउने विषयमा विस्तृत रूपमा विचार–विमर्श गरिएको इलाका प्रहरी कार्यालय बेलटारीले जनाएको छ ।

    images
    images
    images

    उक्त भवन एसियाली विकास बैंक र नेपाल सरकारको आर्थिक सहयोग तथा युएनओपीएसको प्राविधिक सुपरिवेक्षणमा निर्माण भइरहेको हो । गाउँपालिकाले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर निर्माण कार्यलाई थप प्रभावकारी बनाउन यस्तो छलफल आयोजना गरिएको जनाएको छ ।

    images
    images

    युएनओपीएसकी इन्जिनियर प्रेक्षा सिंहका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सुविधा सम्पन्न संरचनाको आवश्यकता बढ्दो क्रममा रहेकाले यस्ता भवनहरू निर्माण भइरहेका हुन् । उनले निर्माणाधीन भवन प्रविधिमैत्री, गुणस्तरीय र भूकम्प प्रतिरोधी हुने बताइन् । यस्ता संरचनाले सुरक्षा निकायको सेवा प्रवाहलाई समेत सहज बनाउने विश्वास व्यक्त गरिन् ।

    कार्यक्रममा युएनओपीएसका कृष्णबहादुर कटवाल, सुसन पन्त, स्थानीय अगुवा, आमा समूहका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । त्यसैगरी इलाका प्रहरी कार्यालय बेलटारीका प्रहरी सहायक निरीक्षक युवराज ज्ञवाली, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिता बिक र बेलटारी खानेपानी संस्थाका सचिव ऋषिकेश उपाध्यायको समेत सहभागिता रहेको जनाइएको छ ।

    युएनओपीएसले नेपालका विभिन्न जिल्लामा प्रहरी कार्यालय परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माण गरिरहेको छ । यस्ता संरचनाले समुदायस्तरमै सेवा पहुँच विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।