Logo

२०८३, कार्तिक २८गते


images
images

गीता मृत्यु प्रकरण : उपचारमा लापर्बाही भएको पुष्टि, डाक्टर रुपाखेती निलम्बित

गीता मृत्यु प्रकरण : उपचारमा लापर्बाही भएको पुष्टि, डाक्टर रुपाखेती निलम्बित

images
  • गीता मृत्यु प्रकरण : उपचारमा लापर्बाही भएको पुष्टि, डाक्टर रुपाखेती निलम्बित
    images

    बुटवल । पाल्पाकी २९ बर्षिय गीता पाण्डेको मृत्यु प्रकरणमा उपचारमा संलग्न चिकित्सकबाट लापर्बाही भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । 

    images
    images
    images

    घटनाको छानबिन गर्न गठित नेपाल मेडिकल काउन्सिलले गठन गरेको समितिले शनिबार २६ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै उपचारमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकालेको हो । समितिले डा. शतिस रुपाखेतीलाई कारवाही स्वरूप तत्कालका लागि निलम्बन गर्ने निर्णय समेत गरेको छ । यो कारबाहीपछि डा. रुपाखेतीले केही समय चिकित्सकीय काम गर्न पाउने छैनन् ।

    images
    images
    images

    सँगै उपचारमा संलग्न जोनल हेल्थ क्लिनिक र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई पनि बन्द गराउन प्रहरी प्रशासनलाई पत्राचार गर्ने समितिले निर्णय गरेको छ । बुटवलको घटनाले आमाहरू असुरक्षित हुनुहुन्छ भन्ने चित्रण गरेको काउन्सिलका रजिष्ट्रर डा. सतिशकुमार देवले बताए । उनले अब मेडिकल काउन्सिलको बोर्डले मनिटरङ गर्ने बताउँदै यस्ता विकृति भए काउन्सिलमा जानकारी गराउन अनुरोध समेत गरेका छन् । 

    images
    images

    निलम्बनमा परेका डाक्टर रुपाखेतीसहित ५जनालाई मृतकका श्रीमान् प्रकाश पाण्डेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरिसकेको छ । घटना पछि नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा बुधबार छानबिन समिति गठन गरिएको थियो ।

    १२ हप्ताको गर्भ पतन गराउने क्रममा पाल्पा बगनासकाली-२ की गीताको बैशाख ६ गते मृत्यु भएको थियो । गर्भमा रहेको बच्चा असामान्य रहेको भन्दै शुरूमा बुटवलको खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकले गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गीता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।