देवदह । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा नविन थापा चयन भएका छन् । लायन वर्ष २०२६÷२७ का पदाधिकारी चयनको लागि बसेको बैठकले थापाको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको हो ।
बैठकले कार्यसमितिको प्रथम उपाध्यक्षमा दिपेश पाण्डे, द्वितीय उपाध्यक्षमा दिनेश चौधरी र तृतीय उपाध्यक्षमा पूर्ण थापा लाई चयन गरेको छ । त्यस्तै, सचिवमा विकास श्रेष्ठ, कोषाध्यक्षमा सुरज पंगेनी, सह-सचिवमा भानु पंगेनी र सह-कोषाध्यक्षमा निशान्त भट्टराई चयन भएका छन् ।
पदाधिकारी चयनपछि अध्यक्ष थापाले नयाँ नेतृत्वले आगामी कार्यकालमा युवाहरूलाई संगठित गर्दै सामाजिक सेवाभावका साथ समुदायमुखी कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।
सन् २०२० मा स्थापना भएको क्लवले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology