Logo

२०८३, कार्तिक २८गते


images
images

'भाषा, संस्कृति र पहिचान संरक्षणका लागि आदिवासी जनजाति एकता'

'भाषा, संस्कृति र पहिचान संरक्षणका लागि आदिवासी जनजाति एकता'

images
  • 'भाषा, संस्कृति र पहिचान संरक्षणका लागि आदिवासी जनजाति एकता'
    images

    गैडहवा । आदिवासी जनजातिको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि समुदाय एकजुट हुनुपर्नेमा रुपन्देहीको गैडहवामा आयोजित कार्यक्रममा जोड दिइएको छ ।

    images
    images
    images

    गैडहवा गाउँपालिका–८ को आयोजनामा भएको आदिवासी जनजाति तथ्यांक संकलन, सचेतना अभिवृद्धि तथा नेतृत्व विकास तालिम कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।

    images
    images
    images

    नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका उपाध्यक्ष इन्द्र राईले राज्यले उपलब्ध गराएका अधिकार र सहुलियत उपयोग गर्न समुदाय आफैं सचेत हुनुपर्ने बताए । उनले शिक्षा र सीपमा जोड दिँदै संस्कृतिलाई व्यवसायिक बनाउन सके आर्थिक विकासमा समेत टेवा पुग्ने उल्लेख गरे ।

    images
    images

    कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश मगरात प्रदेश समितिका उपाध्यक्ष सञ्जिव थापा मगर, वडा नं. ८ का अध्यक्ष भुवन राना, नेपाल मगर संघ सैनामैनाका सल्लाहकार विष्णु सर्तुङ्गे लगायतले धारणा राखेका थिए ।

    भेलाबाट चन्द्रबहादुर थापा अध्यक्ष रहने ७ सदस्यीय आदिवासी जनजाति विकास समिति गठन गरिएको छ ।

    जनकबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुवास पुनले गरेका थिए भने स्वागत पम्फा पुनले गरेकी थिइन् । सो अवसरमा आदिवासी जनजाति तथ्यांक संकलनको शुभारम्भ गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।