Logo

२०८३, कार्तिक २८गते


images
images

धादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालन

धादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालन

images
  • धादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालन
    images

    काठमाडौँ । धादिङ र नुवाकोट चल्ने यातायात गंगबुस्थित बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । 

    images
    images
    images

    काठमाडौँ महानगरले एकीकृत बस पार्कमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउण्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप एकै ठाउँमा हुनुपर्ने भन्दै कडाई गरेपछि धादिङ र नुवाकोट चल्ने यातायात गंगबुस्थित बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् । 

    images
    images
    images

    ल्होत्से वहुउद्देश्यीय प्रा. लि. का मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार अहिले नुवाकोटतर्फ चल्ने करि ६५ वटा धादिङतर्फ चल्ने करिब ९० वटा सवारी साधन बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् । यी सवारी साधन सञ्चालन गर्ने व्यावसायीले माग गरे अनुसारको ठाउँ निर्माण कार्य भइरहेको मल्लले बताए । 

    images
    images

    प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा ७ सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा सवारी साधन बसपार्क बाहिरै पार्किङ हुने गरेका थिए । यात्रु चढाउने तथा ओराल्ने पनि बसपार्क बाहिरैबाट गर्ने गरेका थिए । 

    बस पार्कमा लामो दुरीको एउटा सवारी साधन ९ घण्टा पार्किङ् गरेको ४५० रुपियाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दुरीका माइक्रो बसको २२० रुपियाँ लिने गरिएको मल्लको भनाइ छ । वसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, वुटबल, स्याङ्जा, दाङ् लगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । 

    नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।