Logo

२०८३, कार्तिक २८गते


images
images

किर्ते गरेको आरोपमा रुपन्देही मालपोतका तत्कालिन प्रमुखसहित ७ जनाविरुद्ध मुद्धा दायर

किर्ते गरेको आरोपमा रुपन्देही मालपोतका तत्कालिन प्रमुखसहित ७ जनाविरुद्ध मुद्धा दायर

images
  • किर्ते गरेको आरोपमा रुपन्देही मालपोतका तत्कालिन प्रमुखसहित ७ जनाविरुद्ध मुद्धा दायर
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सियारी गाउँपालिका–२ मा मृतक बेलर कहारको नाममा रहेको जग्गा कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी कायम गरिएको आरोपमा  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार बेलर कहारको हकवालाको अधिकार मेट्ने उद्देश्यले फर्जी कागजात तयार गरी उनका भाइ भनेर बुद्धिराम कहारलाई जग्गाधनी कायम गरिएको पाइएको हो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा मालपोत कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजितकुमार साहनी, सियारी गाउँपालिका–२ का तत्कालीन वडा अध्यक्ष रामकिशन थारू, तत्कालीन वडा सदस्य वृजनारायण यादव तथा बुद्धिराम कहारबीच आपसी मिलेमतो रहेको देखिएको आयोगले जनाएको छ ।

    images
    images

    जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–२ को कार्यालयबाट बुद्धिराम कहारलाई बेलर कहारको भाइ भनेर तयार गरिएको नाता प्रमाणित, सर्जमिन मुचुल्का, चारकिल्ला प्रमाणित र सिफारिससम्बन्धी कागजात फर्जी ठहर गर्दै बदर गरिसकेको थियो ।

    आयोगका अनुसार बेलर कहारको नाममा रहेको २ बिघा ५ कठ्ठा जग्गा उनकी हक खाने छोरी सन्जु कहारको नाममा हकहस्तान्तरण नगरी बुद्धिराम कहारको नाममा कायम गराउन गलत विवरणसहित सर्जमिन मुचुल्का तयार गरिएको थियो ।

    त्यसका आधारमा सरकारी अभिलेखमा झुट्टा विवरण थपघट तथा हेरफेर गरी नामसारी दर्ता, श्रेस्ता र पूर्जा जारी गरिएको पुष्टि भएपछि संलग्न प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।