Logo

२०८३, कार्तिक २८गते


images
images

भ्रष्टाचार मुद्धामा बयान फेर्नेविरुद्ध मुद्धा दायर

भ्रष्टाचार मुद्धामा बयान फेर्नेविरुद्ध मुद्धा दायर

images
  • भ्रष्टाचार मुद्धामा बयान फेर्नेविरुद्ध मुद्धा दायर
    images

    काठमाडौँ । भ्रष्टाचार सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका एक व्यक्तिविरुद्ध प्रतिकुल बयान दिएको आरोपमा  विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकार वादी र रामा शंकर प्रसाद कुशवाहासमेत प्रतिवादी रहेको प्रकरणमा सरकारी साक्षी दुर्गा भण्डारी (थापा) ले अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेको पुष्टि भएपछि उनीविरुद्ध नयाँ आरोपपत्र दायर गरिएको जनाएको हो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा सहयोग गरेको आधारमा भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायमा पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो। तर, उनले विशेष अदालत काठमाडौँमा २०८३ वैशाख २ गते दिएको बकपत्र आयोगमा दिएको बयान र मागदाबीविपरीत रहेको उजुरीपछि अनुसन्धान गरिएको थियो ।

    images
    images

    अनुसन्धानबाट बलरा नगरपालिका, सर्लाहीद्वारा सञ्चालन गरिएको ‘किशोरीहरूका लागि खेलौना बनाउने तालिम’ कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा संलग्न भई ३० दिनको तालिममध्ये जम्मा ५ दिन मात्र प्रशिक्षण दिए पनि ३० दिनकै कार्यक्रम सञ्चालन भएको देखाउने झुट्टा कागजात तयार गर्न सहयोग गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

    यस कार्यबाट आफूलाई गैरकानुनी लाभ पुर्‍याउने तथा सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्‍याउने मनसाय रहेको ठहर गर्दै उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) (ङ) र दफा २२ बमोजिम कसुर भएको निष्कर्ष निकालिएको छ ।

    उक्त प्रकरणमा मुख्य कसुरदारबाट ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गरिएको छ। सोही आधारमा भण्डारीलाई पनि मुख्य कसुरदार सरह सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।