Logo

२०८३, कार्तिक २८गते


images
images

परराष्ट्रमन्त्री खनालको युक्रेनी समकक्षी सिबिहासँग टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनालको युक्रेनी समकक्षी सिबिहासँग टेलिफोन वार्ता

images
  • परराष्ट्रमन्त्री खनालको युक्रेनी समकक्षी सिबिहासँग टेलिफोन वार्ता
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र युक्रेनका परराष्ट्रमन्त्री आन्द्रेई सिबिहाबीच टेलिफोन वार्ता भएको छ ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयका अनुसार विहिबार भएको वार्तामा नेपाल-युक्रेन सम्बन्धका विविध विषयका साथै युक्रेनमा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिकको अवस्थाबारे छलफल भएको छ ।

    images
    images
    images

    मन्त्री खनालले नेपाल सरकारको नीति अनुसार परम्परागत सम्झौता भएका देश बाहेक अन्य कुनै विदेशी सेनामा नेपाली नागरिक भर्ती हुन नपाउने स्पष्ट पार्दै युक्रेनी पक्षसँग हिरासतमा रहेका नौ नेपाली नागरिकलाई मानवीय आधारमा रिहा गरी स्वदेश फर्काउन आग्रह गरेका थिए । त्यसप्रति युक्रेनी मन्त्री सिबिहाले उक्त विषयमा छलफलका लागि आफ्नो पक्ष तयार रहेको बताएको मन्त्रालयले जनाएको छ ।

    images
    images

    कुराकानीका क्रममा युक्रेनी मन्त्री सिबिहाले मन्त्री खनाललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    साथै दुवै पक्षले द्विपक्षीय सम्बन्धको अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै कृषि, पर्यटन र शिक्षा लगायतका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।