Logo

२०८३, आश्विन १०गते


images
images

चन्द्रगिरि नगरपालिकाले वितरण गर्न लागेको सारी प्रहरीद्वारा बरामद

चन्द्रगिरि नगरपालिकाले वितरण गर्न लागेको सारी प्रहरीद्वारा बरामद

images
  • चन्द्रगिरि नगरपालिकाले वितरण गर्न लागेको सारी प्रहरीद्वारा बरामद
    images
    images

    काठमाडौं । प्रहरीले चन्द्रगिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी बरामद गरेको छ।निर्वाचन आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न  भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो । 

    images
    images
    images

    शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट  वितरण गर्न तयारी अवस्थामा राखिएको साडी बरामद गरेको हो । 

    images
    images
    images


    उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । वडा कार्यालयले महिलाहरूलाई साडी वितरण गर्न लागेको सूचना शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो । FB_IMG_1650698906607.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।