सुनवल। पश्चिमाञ्चल यातायात व्यवसायी समिति नवलपरासीका जिल्ला उपाध्यक्ष गुप्तबहादुर केसी (राजु केसी)ले नेपालको अर्थतन्त्रमा निम्तिएको चरम संकटलाई सहजीकरण गर्न यातायात र ढुवानी सेवा थप व्यवस्थित रुपले संचालन गर्नुपर्ने बताएका छन । शनिवार पश्चिमाञ्चल यातायात व्यवसायी समिति र नवलपरासी ट्रान्सपोट्रर्बिच नेपाल सरकारले तोकेको भाडादर कार्यन्वयन गर्न आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
"देशले ईन्धन पर्याप्त मात्रमा सहुलियत दरमा आयात गर्न सकेको छैन, तसर्थ पनि हामीले हाम्रा यातायात र ढुवानीका गाडीहरु निश्चित र व्यवस्थित रुपमा संचालन गर्नुपर्छ ।" उनले भने, "त्यही अनुरुप देशको अर्थतन्त्रमा निम्तिएको चरम आर्थिक संकटलाई सहजीकरण गर्न र यातायात तथा ढुवानी व्यवसायी पनि संकटमा नरहनका लागि हामीले समितिका व्यवसायीहरुलाई चार दिनमा एक पटक लाेड पाउने तवरले हामीले काम गर्दैछौ र त्यो संयन्त्र निर्माण गर्दैछौ ।" उनले नेपाल सरकारले निर्धारण गरेकै भाडाडरमा गाडी कुदाउनुपर्ने बताए । "हामी यात्रु व्यवसायी पनि चपेटामा नपरी र हाम्रा उपभोक्ताहरुलाई पनि सहज बनाई नेपाल सरकारले तोकेकै भाडादरमा हामीले काम गर्नुपर्छ, जुन अत्यन्त सत्य,निष्पक्ष र वैधानिक काम हुन्छ ।" उनले थपे । उनले ईन्धनमा भैईरहेको मूल्यवृद्धिले सम्पुर्ण यातायात र ढुवानी व्यवसायीहरुलाई समस्या उत्पन्न समेत भएको औलाए । उनले समितीका पधाधिकारीहरुले सत्य र निष्पक्षरुपमा समेत काम गर्ने दावी गरे । केसिले संकटनकालीन अवस्थामा कसैले पनि अस्वस्थ प्रतिस्पर्धा नगर्न सम्पुर्ण व्यवसायीहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा उपस्थित लुम्बिनी यातायात व्यवसायी संघका उपाध्यक्ष,पश्चिमान्चल यातायात यातायात व्यसायी समितिका महासचिव, लुम्बिनी ट्रक व्यवसायी संघका सदस्य र सम्पुर्ण यातायात र ढुवानी व्यवसायीहरुको छ्लफल र अन्तरक्रियाबिच नवलपरासीमा नेपाल सरकारले तोकेको भाडादर आईतवारदेखि नै लागू गर्ने निर्णय समेत भएको जनाईएको छ । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology