Logo

२०८३, आश्विन ९गते


images
images

शहरबजार ठप्प हुँदा मुसुक्क मुस्कुराएका गाउँबस्तीहरु

शहरबजार ठप्प हुँदा मुसुक्क मुस्कुराएका गाउँबस्तीहरु

images
  • शहरबजार ठप्प हुँदा मुसुक्क मुस्कुराएका गाउँबस्तीहरु
    images
    images

    बढ्दो आधुनिकताले मानिसको सभ्यता, प्रगति, सम्पन्नता सबैको मानक र विकास धन-सम्पत्ति र भौतिक साधन हो भन्न थालियो । आर्थिक दृष्टिकोण र बजारवादको मान्यताबाट हेर्दा त्यो हो पनि तर समाजको चिन्तन यस्तो भइदियो कि "दूध-रोटि, ढिँडो-पिठो, साग-सब्जी जस्ता अर्गानिक पौस्टिक कुरा खाने मानिसहरु पाखे, गरिब र गाउँले ठहरिए। रक्सी, ह्विस्की, बियर, वाइन, पिज्जा, तन्दुरी खानेहरू सम्पन्न, धनी, शहरिया र सभ्य कहलिन थाले।

    images
    images
    images

    रेडियो, टिभी, फेसबुक र इन्टरनेटले दुनियाँ साँघुरियो । परिवार नातागोता र इस्टमित्र सिमित घेरा भित्र खुम्चियो । छोरा-छोरी,बाबू-आमा, लोग्ने-स्वास्नी औपचारिकतामा मात्रै रह्यो । घण्टौ परायासंग गफिने छोरो बाबुसंग बोल्दैनन् ।चाटमा ब्यस्त छोरिले आमाको काम सघाउँदिनन । लोग्ने स्वास्निको सम्बन्ध क्षणिक रासलिलामा मात्र समेटिन पुग्यो ।परिवारसंगको सुख-दु:ख साटासाट बन्द भयो । पिर ब्यथा भुलाउने उपाय गुगलमा खोजियो, मन बहलाउन युटुब खोलियो ।

    images
    images
    images

    आधुनिकीकरण संगै बजारिया बस्तुले मानिसको ठाउँ खोस्यो र खोस्दै छ । मानिस स्वयं बिक्रीको वस्तु जस्तो भएको छ । सबै कुरा बिकाउ जस्तै बनेका छन् । प्राकृतिक रूपमा मानवमा हुने र हुनुपर्ने मूल्य-मान्यता, दया-माया, प्रेरणा-करुणा, सदाचार, सभ्यता, संस्कृति जस्ता कुराहरु पुस्तक, उपन्यास र कथामा पाइने विषय भएका छन् । गाउँ र बस्तीमा थोरै भेटिने त्यो मानवीय गुणलाई शहरले भुल्यो । र, भुल्न बाध्य बनायो वा भुलाइदियो । शहर बजारमा बस्तुको बिक्री, नाफा, कमाइ, आम्दानी, आय, पैसा, स्वार्थ भन्दा माथि मानिसका सम्बन्ध पनि हुन्छ भन्ने कुरा उपहास बन्दै गयो । मानवीय धर्म, दया र सहयोगी भावना बिस्तारै हराउँदै जान थाल्यो।

    images
    images
    images

    हामीले भन्दै र सुन्दै आएको कुरा, "संकट र कठिन परिस्थितिमा मान्छे चिनिन्छ" अरे ठिक त्यही बिश्वब्यापी कोभिड-१९ को त्रासदिले गाउँ बिर्सेकाहरुलाई गाउँ सम्झाईदियो। बार्हैमास आँखाबाट साउने भेल बगाईरहेका बुढा बाबू-आमाहरुको परेली ओभाउन थाले। बनपाखा खोला नाला रमाउन थाल्यो। डाली बसि कोईली चरी नाँच्न थाल्यो।खोपा पसि परेवाले माकुर माकुर घुरघुर गर्न थाल्यो। हो साथी फेरि एकपटक गाउँबस्ती मुस्कुराउन थाल्यो।

    ✍️ रामचन्द्र तिम्सिना (आवाज)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।