Logo

२०८३, कार्तिक २८गते


images
images

देवदह खानेपानीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल, अध्यक्षमा वडा नं. ६ का दुई उम्मेदवार

देवदह खानेपानीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल, अध्यक्षमा वडा नं. ६ का दुई उम्मेदवार

images
  • देवदह खानेपानीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल, अध्यक्षमा वडा नं. ६ का दुई उम्मेदवार
    images

    देवदह । देवदह खानेपानी तथा सरसफाई संस्थामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । राजनीतिक दलहरू बीच सहमति कायम हुन नसकेपछि अन्तत: निर्वाचनबाटै नेतृत्व चयन हुने भएको हो । 

    images
    images
    images

    खानेपानी संस्थाको निर्वाचन भनिएपनि दलहरुले प्रत्यक्ष हस्तक्षेप गर्दा सहमति हुन नसकेको एक उपभोक्ताले सेतोमसीलाई बताए । ‘राजनीतिक विचार विनाको मान्छे हुन्न तर सबै ठाउँमा दल र पार्टी सदस्यता बोकेर हिड्ने संस्कार सहि होइन ।’ उनले भने, ‘यसमा देवदहमा क्रियाशील दलहरु चुके ।’

    images
    images
    images

    सेतोमसीलाई प्राप्त पछिल्लो जानकारी अनुसार खानेपानीको अध्यक्षमा उमेदवारी दिएका आठ जना उम्मेदवार मध्ये ६ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । जसमा हालका अध्यक्ष गुमानसिंग कुँवर, उपाध्यक्ष अनिशा लामिछाने र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीसंगै सल्लाहकार मोतिलाल ढकाल र सदस्य उपेन्द्र पाण्डेय रहेका छन् ।

    images
    images

    निर्वाचनमा दुई प्यानल विच प्रतिष्पर्धा हुने प्रष्ट देखिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजन अधिकारीको एकल प्यानल हुनेछ भने अन्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानलको नेतृत्व दामोदर क्षेत्रीले गर्नेछन् । 

    राजन अधिकारीको प्यानलबाट उपाध्यक्षमा तुलसी खनाल, सचिवमा दुर्गा प्रसाद तिवारी, सहसचिवमा भगवती न्यौपाने ढकाल, कोषाध्यक्षमा भिमलाल काफ्ले र लेखा समिति संयोजकमा बिमल भुसाल रहेका छन् । 

    त्यसैगरी दामोदर क्षेत्री नेतृत्वको प्यानलबाट उपाध्यक्षमा रेनुका पाण्डे, सचिवमा बाबुराम न्यौपाने, सहसचिवमा सम्झना मल्ल, कोषाध्यक्षमा यमलाल तिवारी र लेखा संयोजकमा कृष्ण प्रसाद न्यौपाने रहेका छन् ।

    अध्यक्षमा प्रतिष्पर्धा गर्न लागेका दुवै उम्मेदवार देवदह वडा नं ६ का हुन् । रास्वपा निकट अधिकारी पूर्व बैंक कर्मचारी हुन् भने नेपाली कांग्रेस निकट क्षेत्री पुर्व वडा अध्यक्ष हुन् । 

    खानेपानीका निर्वाचन समिति संयोजक अधिवक्ता डासीराम पाण्डेयले आफुहरु उम्मेदवारको अन्तिम नामावाली प्रकाशनको तयारीमा जुटेको र केही समयमा प्रकाशन गर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।