देवदह । देवदह खानेपानी तथा सरसफाई संस्थाको अध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद ज्ञवालीले आफूले मनोनयन फिर्ता नलिएको बताएका छन् । यसअघि सेतोमसीमा प्रकाशित समाचारमा ध्यानाकर्षण भएको जनाउँदै उनले आफुले उम्मेदवारी फिर्ता नलिएको सेतोमसीलाई बताए ।
'मैले खानेपानी संस्थालाई दलिय हस्तक्षेपबाट मुक्त गर्न र स्वतन्त्र ढंगले काम गर्ने उद्धेश्यले उम्मेदवारी दिएको हुँ ।' ज्ञवालीले भने, 'उम्मेदवारी फिर्ता लिन दवाव आएको छ तर म पछि हट्दिन ।'
हालको कार्यसमितिमा कोषाध्यक्ष रहेर काम गरेका ज्ञवालीले आफु सर्वसम्मत नेतृत्व चयनको विपक्षमा नरहेको तर दलिय रूपमा हुने प्यानलमा आफ्नो सहमति नहुने प्रष्ट पारेका छन् ।
देवदह खानेपानीको निर्वाचन यहि बैशाख २६ गते हुँदैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology