Logo

२०८३, आश्विन ११गते


images
images

काँग्रेसमा सहमतिको प्रयास : गगन र विश्वको पूर्णबहादुर खड्कासँग छलफल

काँग्रेसमा सहमतिको प्रयास : गगन र विश्वको पूर्णबहादुर खड्कासँग छलफल

images
  • काँग्रेसमा सहमतिको प्रयास : गगन र विश्वको पूर्णबहादुर खड्कासँग छलफल
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । 

    images
    images
    images

    बुधबार बिहान खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहित सभापति थापाले खड्कासँग पार्टीको विवादका बारेमा छलफल गरेका हुन् ।

    images
    images
    images

    सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि देउवा समूहले छुट्टै भेला गर्दै आएको छ भने थापा नेतृत्वको काँग्रेस आगामी असोजमा महाधिवेशन गर्ने गरी अगाडी बढेको छ । आज भएको छलफल सकारात्मक भएको र दुई पक्षबीच सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी भएको बताइएको छ ।

    images
    images
    images

    यसअघि सभापति थापाले मंगलबार काँग्रेस नेता डा. शेखर कोइरालासँग पनि छलफल गरेका थिए । 

    देउवा र कोइराला पक्षका नेताहरुले अहिले चलाइएको क्रियाशील नवीकरणको अभियानको विरोध गरेका छन् ।  उनीहरुले यसअघिकै सदस्यता कायम गरिनुपर्ने बताउदै आएका छन् । अर्को सभापति थापाले काँग्रेसलाई पुनर्जीवन दिन सदस्यता नवीकरण आवश्यक रहेको बताउदै अभियान चलाइरहेका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।