काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो फुट नआउने स्पष्ट गरेका छन् ।
रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले अहिले प्रधानमन्त्री बालेनसँग आफ्नो विवाद रहेको भन्ने कुराको खण्डन गर्दै आफुहरु राजनीतिक रुपमा परिपक्क रहेको बताउदै फुटको आशा नगर्न आग्रह गरेका छन् । उनले आफुहरु नयाँ भएपनि बेबकुफ नभएको बताए ।
सभापति लामिछानेले सांसदहरुलाई बालेन पक्ष र रवि पक्ष भनेर नलाग्न आग्रह गर्दै पक्षमा लागेकै कारण केहि सांसद मन्त्री बन्न नसकेको समेत उल्लेख गरेका थिए । उनले अहिले त मन्त्री गुम्यो पछि टिकट पनि गुम्छ भन्दै कुनै पक्ष विपक्ष भनेर नलाग्न स्पष्ट गरे ।
आफुहरु कुनै स्वार्थमा नलागेको भन्दै सरकारले गरेका काम देशको हितमा भएको बताए । उनले अध्यादेश बारे सांसदहरुले बोल्न नसकेको भन्दै नाबुझेका कुरा पार्टीमा सोध्न आग्रह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology