Logo

२०८३, आश्विन ११गते


images
images

आजदेखि जेठ १ गतेसम्म देशभर 'सरसफाइ सप्ताह सञ्चालन हुदै

आजदेखि जेठ १ गतेसम्म देशभर 'सरसफाइ सप्ताह सञ्चालन हुदै

images
  • आजदेखि जेठ १ गतेसम्म देशभर 'सरसफाइ सप्ताह सञ्चालन हुदै
    images
    images

    काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि जेठ १ गतेसम्म देशभर 'सरसफाइ सप्ताह २०८३' सञ्चालन गर्ने भएको छ । 

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ ।

    images
    images
    images

    यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान ८:३० बजे वीर अस्पतालबाट  स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुदैछ ।  

    images
    images
    images

    यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको 'सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३' समावेश  छ । 

    सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो । 

    'सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ,' मार्गदर्शनको पृष्ठभूमिमा उल्लेख गरिएको छ ।  मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थित हुनुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक सेवा प्रवाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।