Logo

२०८३, कार्तिक २८गते


images
images

पहिलो पाइला नेपालको अध्यक्षमा गौरव खनाल

पहिलो पाइला नेपालको अध्यक्षमा गौरव खनाल

images
  • पहिलो पाइला नेपालको अध्यक्षमा गौरव खनाल
    images

    बुटवल । पहिलो पाइला नेपालको छैटौँ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। शनिबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि संस्थाको नयाँ नेतृत्व चयन गरेको हो ।

    images
    images
    images

    नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्वितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल तथा सहकोषाध्यक्षमा प्रकाश जिसी चयन भएका छन् ।

    images
    images
    images

    त्यसैगरी सदस्यहरूमा युवराज डुम्रे, सुनिता पन्थी, सुरज भुसाल, तुल्सिराम खनाल, अञ्जन खनाल, संविधान पौडेल, युवराज ज्ञवाली र मनिषा यादव सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

    images
    images

    अधिवेशनको उद्घाटन पत्रकार टिकाराम यात्रीले गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले पहिलो पाइला नेपालले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाले आगामी दिनमा अझ प्रभावकारी ढंगले समाजसेवाका गतिविधि विस्तार गर्ने विश्वास व्यक्त गरे ।

    उनले सामाजिक कार्यमा निरन्तरता, दूरदर्शी सोच, स्पष्ट कार्ययोजना र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

    अधिवेशनमा संस्थाका पदाधिकारी, सदस्य, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नयाँ नेतृत्व चयनसँगै संस्थाले सामाजिक सेवा, जनचेतना तथा समुदाय विकासका कार्यक्रमलाई थप सशक्त रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।