Logo

२०८३, कार्तिक २८गते


images
images

राष्ट्रिय सञ्चार सम्मेलन

सञ्चार क्षेत्र संरक्षणमा जोड दिर्दै सकियो बुटवलमा जारी राष्ट्रिय सञ्चार सम्मेलन

सञ्चार क्षेत्र संरक्षणमा जोड दिर्दै सकियो बुटवलमा जारी राष्ट्रिय सञ्चार सम्मेलन

images
  • सञ्चार क्षेत्र संरक्षणमा जोड दिर्दै सकियो बुटवलमा जारी राष्ट्रिय सञ्चार सम्मेलन
    images

    बुटवल । १५ बुँदे बुटवल घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघरुपन्देहीको मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३ सम्पन्न भएको छ । प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित तथा सञ्चार क्षेत्रको संरक्षणलाई केन्द्रमा राख्दै बैशाख २६ गते सुरुभएको कार्यक्रम सोमबार सकिएको हो ।

    images
    images
    images

    संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको रक्षा तथा प्रवद्र्धनमा महासंघ प्रतिबद्ध रहेको निष्कर्ष निकालेको सम्मेलनले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, जवाफदेही शासन प्रणाली तथा प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

    images
    images
    images

    घोषणापत्रमा श्रमजीवी पत्रकार ऐन र सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक पूर्ण रूपमा लागू गर्न आग्रह गरिएको छ । साथै, सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउने कानुनी व्यवस्था गर्न तथा पत्रकारको पारिश्रमिक समयानुकूल वृद्धि गर्न सरकारसँग माग गरिएको छ ।

    images
    images

    सम्मेलनले संघीयता कार्यान्वयन भएको लामो समय बित्दा पनि प्रदेश र स्थानीय तहले सञ्चारसम्बन्धी आवश्यक कानुन निर्माणमा पर्याप्त चासो नदिएको उल्लेख गर्दै यथाशीघ्र सञ्चार कानुन निर्माण गर्न माग गरेको छ । त्यस्ता कानुन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

    घोषणापत्रमा सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने हालैको निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ । उक्त निर्णय संविधान, खुला बजार अर्थनीति तथा प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको ठहर गर्दै सम्मेलनले यसलाई प्रेसमाथिको अप्रत्यक्ष नियन्त्रणको प्रयासको रूपमा व्याख्या गरेको छ ।

    सम्मेलनले सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै निजी, सामुदायिक र सरकारी सबै सञ्चारमाध्यमलाई न्यायोचित रूपमा विज्ञापन वितरण गर्न तथा संकटग्रस्त सञ्चार क्षेत्रको संरक्षणका लागि दीर्घकालीन नीति बनाउन सरकारसँग माग गरेको छ ।

    सामाजिक सञ्जालमार्फत फैलिने गलत र भ्रामक सूचनाले सञ्चार क्षेत्र र समाजमा नकारात्मक असर पारिरहेको भन्दै सम्मेलनले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न र व्यावसायिक सञ्चारमाध्यमलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । साथै, पत्रकारहरूलाई पेशागत जिम्मेवारी र आचारसंहिताप्रति संवेदनशील र जिम्मेवार बन्न आग्रह गरिएको छ ।

    लुम्बिनी प्रदेश सरकारले गठन गरेको सञ्चार समन्वय परिषद्लाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था गर्न तथा यसअघि स्वीकृत सञ्चारसम्बन्धी योजना, कार्यक्रम र बजेट तत्काल कार्याान्वयन गर्न सम्मेलनले माग गरेको छ ।

    घोषणापत्रमा पत्रकारिता क्षेत्रको अध्ययन र अनुसन्धानलाई व्यवस्थित बनाउन बुटवलमा सञ्चार संग्रहालय स्थापना गर्न नेपाल पत्रकार महासङ्घ रुपन्देहीले पहल गर्ने पनि जनाइएको छ ।

    सम्मेलनले सार्वजनिक जग्गा व्यवस्थापनको नाममा भूमिहीन र सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गर्ने कार्य रोक्न तथा प्रभावितलाई वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

    रुपन्देहीको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीमैत्री वातावरण बनाउन आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था गर्न आग्रह गर्दै सम्मेलनले बुद्ध जन्मस्थल लुम्बिनी, जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान र सिद्धबाबा मन्दिरलगायत ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना ल्याउन तीनै तहका सरकारसँग माग गरेको छ ।

    सम्मेलनले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, पर्यटन विकास परिषद् बुटवल, बुटवल उद्योग वाणिज्य संघलगायत विभिन्न निकायप्रति आभार व्यक्त गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।